खालि निधार र आँखामा घरको सपना

"कामले दशैँ भदैन,साहुले परदेशीको मन बुझ्दैन,जिम्मेबारीले बिदा दिदैँन अनि बाध्यताले घर जान दिँदैन!अरुले देशैँको खुसी मनाइरहँदा हामी भने कामको थकानपछि मोबाइल खोलेर आफ्नो मान्छेहरुको अनुहार हेर्छौँ ।"

मोबाइलको पर्दामा-बाबा आमाको अनुहार,आँखभरि आँसु अनि मनभरि घर फर्किनेरहर!
दशैँ आयो गाउँघरमा खुसी छायो!घर आँगनमा रातो टीका लगाएर दिर्घायुको आशिवाद दिने दिन आयो!

आफूभन्दा ठुलोको हातबाट टीका र आशिर्वाद थाप्ने दिन आयो!तर हरेक नेपालीको भाग्यमा  आफ्नै घरको आँगनमा बसेर दशैँ मनाउने सोभाग्य कहाँ हुँदो रहेछ र! कसैको दशैँ घर परिवारसँग रमाइलो गरि बित्छ! कसैको दशैँ मोबाइलको पर्दामा सिमित हुन्छ!यता परदेशमा हामी मोबाइल खोलेर हामी बाबा - आमाको अनुहार हेछौँ उहाँहरुको आवाज सुन्छौँ अनि मोबाइलको पर्दाबाटै सिर झुकाएर आशिर्वाद लिन्छौँ!,आमाले भन्नु हुन्छ,बाबु आफ्नो ख्याल गर्नु सधै सुखी रहनु! बाबाले भन्नु हुन्छ ,दु:ख नगर्नू सबै राम्रो हुन्छ!तर उहाहरुलाई के थाहा,उहाँहरुको आवाज सुन्दासुन्दै छोराको मन कति पटक भक्कानिन्छ भनेर!

मोबाइलमा हात जोडेर आशिर्वाद लिन सकिन्छ तर आमाको हातले निधारमा टीका लगाइदिँदाको स्पर्श कहाँ पाउनु?

भिडियो कलमा बाबा-आमाको अनुहार देख्न्त सकिन्छ, तर उहाँहहरूको न्यानो काखलाई शिरानी बनाएर मनको पीडा बिसाउने त्यो सुख कहाँ पाउनु?

दशैमा आफु भन्दा ठुलाको हातबाट टीका थाप्दा पाइने आसीर्वादको छु्ट्टै महत्व हुन्छ!बाबा -आमाको अगाडि शिर झुकाउँदा मनले पाउने शान्ति संसारको कुनै धनले किन्न सक्दैन!तर परदेशीको बाध्यता यस्तो हुन्छ की आसिर्वाद लिन पनि मोबाइलको पर्दा चाहिन्छ,आमाको अनुहार हेर्न इन्टरनेट चाहिन्छ अनि आफ्नै परिवारसँग मन खोलेर कुरा गर्नसमेत समय मिलाउनु पर्छ! कस्तो विडम्बना!
आफ्नै बाबा-आमासँग दशैँ मनाउन पनि समय र परिस्थितिसँग अनुमति माग्नेपर्नेँ जीवन रहेछ परदेशीको!

हामी परदेशमा गएर रमाउन बसेका हैनौँ,जिम्मेबारिले बाँधिएर बसेकाहौँ! आफ्नै रहरहरु मारेर परिवारका सपना पुरा गर्न हिँडेका हौँ!घरमा बाबा-आमाको उमेर बढ्दै छ,कपाल फुल्दैछ ,शर्रीर कम्जोर हुँदैछ!उता हामी भने पैसा कमाउने दौडमा छौँ! मनले भन्छ,"यो दशैँमा घर जाऊँ आमाको हातको टीका थापौँ,बाबाको आशिर्वाद लिऊँ, आफु भन्दा ठुलाका चरणमा शिर झुकाऊँ!तर परिस्थितिले भन्छ," अझैँ केही दु:ख गर्नू!"

यही 'अझैँ केही समय भन्दैँ कति समय गन्दै कति दशैँ वितिसके कति रहरहरू अधुरै रहे!

सबैभन्दा ठुलो डर के लाग्छ,थाहा छ?
पैसा कमाउन त जीवनभरि सकिएला, परिवारको आवश्यकता पनि पुरा गर्न सकिएलान् तर बाबा-आमासँग विताउने समय एकपटक बितेपछि फेरि फर्केर आउँदैन! आज मोबाइलको पर्दामा देखिएका ती अनुहार भोलि पनि यसरी नै हेर्न पाइएला भन्ने कुनै ग्यारेन्टी छैन!यही सोचले परदेशीको मन चुपचाप रुन्छ! बाहिरबाट हाँसे पनि भित्रभित्रै कताकता भत्किरहेको हुन्छ!

कामले दशैँ भदैन,साहुले परदेशीको मन बुझ्दैन,जिम्मेबारीले बिदा दिदैँन अनि बाध्यताले घर जान दिँदैन!अरुले देशैँको खुसी मनाइरहँदा हामी भने कामको थकानपछि मोबाइल खोलेर आफ्नो मान्छेहरुको अनुहार हेर्छौँ! टीका लगाएका तस्बिरहरु हेर्छौँ, गाउँघरको सम्झ्ना गर्छौँ अनि मनमनै भन्छौ"-ए भगवान!अर्को दशैँमा भए पनि आफ्नै घरमा बस्रर बाबा-आमाको हातबाट टीका थाप्न पाऊँ!

यो दशैँमा घर पुग्न नपाउने सबै परदेशीहरुको पीडा एउटै छ!देश फरक होला तर मोबाइलबाट आशिर्वाद लिँदा भिज्ने आँखा र घर फर्किने रहर सबैको उस्तै छ!

बाबा-आमा यसपाली पनि तपाइहरुको हातबाट टीका थाप्न आउन सकिनँ,माफ गर्नु होला!मोबाइलबाटै शिर झुकाएर आशीर्वाद लिदै छु मेरो निधारमा!मेरो निधारमा तपाइहरुको आशिर्वाद रहिरहोस्!पैसा कमाएर फर्किने सपना त छदै छ, नि तर त्यो भन्दा ठुलो सपना तपाईहरुको काखमा बसेर फेरि एक पटकपटक बच्चाजस्तै हुन पाउनु हो!

परदेशीको दशै यही हो -हातमा
मोबाइल, आँखामा आँसु,मनमा घर
अनि ओठमा एउटै प्रार्थना:

हे भगवान:अर्को दशैँमा आफ्नै घरमा 
फर्किएर बाबा-आमाको हातबाट टीका थाप्न पाऊँ!

प्रतिकृया दिनुहोस
↑