काभ्रेमा दुर्घटना एक बालकको मृत्यु , बुबा र आमा घाइते

काभ्रे।काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा घाइते भएका छन्।
२०८३ असोज ३१ गते बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको HR38AL1634 नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ जिल्ला ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएकोमा बालक जुवासलाई बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस
↑