प्रहरी अधिकारीलाई मार्न आदेश दिने हजुरआमा पक्राउ
क्रास्नोडारको आपराधिक अन्डरवर्ल्डसँग सम्बन्ध राख्ने ८१ वर्षीय रुसी महिलालाई क्रिमिनल इन्भेस्टिगेसन डिटेक्टिभको हत्याको आदेश दिएको आरोपमा पक्राउ गरिएको छ ।
ल्युडमिला र्याबिक तपाईंले देख्ने गरेको साधारण हजुरआमा होइनन् । उनको क्रास्नोडारको सङ्गठित अपराधका सदस्यसँग बलियो सम्बन्ध मात्रै छैन उनले एक प्यारामेडिक्सलाई मार्ने धम्कीसमेत दिएकी थिइन् । उनले हालै क्रास्नोडार प्रहरी विभागका एक अधिकारीलाई मार्ने आदेश दिएकी थिइन् । हत्याको प्रमाण देखाएपश्चात् पुरस्कारको अंश तिर्न लाग्दा उनलाई रंगेहात पक्राउ गरिएको हो । तर दुर्भाग्य नै भन्नुपर्छ, र्याबिकलाई उनको आपराधिक सङ्गठनले यो कुराबारे प्रहरीलाई जानकारी दिएको थाहा थिएन । अब उनले आफ्नो बाँकी जीवन जेलभित्र बिताउनुपर्ने सम्भावना बढेको छ ।
रसियाली समाचारपत्र कोम्सोलोल्सकाया प्राभ्दाका अनुसार ल्युडमिला र्याबिकले पूर्व कैदीको सर्कलबाट धेरै परिचितलाई फोन नम्बरमार्फत सम्पर्क गरिन् । उनले क्रास्नोडारका आपराधिक अनुसन्धान जासुसको हत्या गरेबापत ११,००० डलर दिने प्रस्ताव राखिन् । उनको मृत्युको चाहना राख्नुको कारण खुल्न नसके पनि ती अधिकारीको कामले ८१ वर्षीय हजुरआमालाई कुनै न कुनै रूपले समस्या दिएको हुनसक्ने अनुमान गरिएको छ ।
ती हजुरआमाले ती अधिकारीको हत्याका लागि उनी बस्ने स्थान र उनको घरसम्मको नक्सा बनाइदिएको र उनको हत्याको उपयुक्त स्थानबारे जानकारी दिएकी थिइन् । उनले आफ्नो हत्यारा साथीहरूलाई कहिल्यै शङ्का गरिनन् तर ती साथीहरूले उनलाई धोका दिएर उनको योजनाबारे प्रहरीलाई जानकारी दिए । ल्युडमिला र्याबिकको मनसायको बारेमा थाहा पाउने बित्तिकै, पुलिस अधिकारीहरूले उनको विरुद्ध बलियो मुद्दा बनाउनको लागि, सबै योजना अनुसार चलिरहेको छ भनेर सोच्न दिने निर्णय गरे।
टार्गेट गरिएका अधिकारीले पनि मरेको नाटक गर्न राजी भए । उनले मेकअपमार्फत घाँटीको वरिपरि काटिएको निशान जस्तो देखिने गरी रगत बनाए । त्यसपछि उनको फोटो प्रमाण स्वरूप ल्युडमिला र्याबिकलाई पठाइयो ।
त्यसको भोलिपल्ट ल्युडमिलाले हत्यारालाई २५,००० रुबेल दिइन् । त्यसको केही समयपछि उनलाई रंगेहात पक्राउ गरियो । उनको घरमा अनुसन्धान गर्दा अधिकारीले बन्दुक, गोला बारुद, चक्कुलगायतका हतियार फेला पारे ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस