जहाँ एकै पटक जन्मेका तिम्ल्याहा दिदी बहिनी एकै पटक गर्भवती !
अमेरिका ।अमेरिकाको क्लालिफोर्नियामा जन्मेका तिम्लिया दिदी बहिनी एकै पटक गर्भवति भए पछि चर्चामा छाएका छन् ।बेलायतको मिरर डट सिओ डट यूकेका अनुसार यी तीनै जना दिदी बहिनी एकै पटक गर्भवती भएकी हुन । यी तीन दिदी बहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । यी तीन दिदीबहिनीहरु गिना, निना र भिक्टोरिया हुन् ।
दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनी मध्येकी कान्छी भिक्टोरियाले उक्त सञ्चारमाध्यम सँग कुरा गर्दै आफूहरु एकै पटक गर्भ’वती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् ।उनले अगाडि भनिन् ‘यो स्थितिमा हामी एक अर्का सँग के खान मन लागेको छ, कस्तो महसुस भइरहेको छ, कत्तिको थकाइ लागेको छ भन्ने जस्ता कुराहरु पनि साझा गर्छौं ।’ भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् । ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ ।
निनाले २८ अगष्टमा बच्चा जन्माउँदैछिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाहन्छिन् । सबैभन्दा जेठी गिनाको सन्तान भने सबै भन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् ।
उनीहरुले एकैपटक गर्भवती हुने योजना भने बनाएका थिएनन्। जेठी गिनाले पिपुल म्यागजिनसँग कुरा गर्दै भनिन् ‘म ग’र्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चि’च्याउन थाले ।
उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिएका थिए ।माइली निनाका अनुसार एक वर्ष अघि देखि उनले आफ्ना श्रीमान सँग बच्चा जन्माउने योजना बनाइरहेकी थिइन् तर यस विषयमा दिदीबहिनीसँग भने सल्लाह भएको थिएन किनकि उनका दिदी बहिनीले पहिले नै बच्चा जन्माइसकेका थिए ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस