चर्चित सेलो गायक विशाल काल्तनको “नाचौं स्याईले” गीत सार्वजनिक
काठमाडौं। चर्चित सेलो गायक तथा संगीतकार विशाल काल्तनको “नाचौं स्याईले” गीत सार्वजनिक गरिएको छ ।
शनिवार विशाल काल्तेन युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । गीतको शब्द ,संगीत र आवाज लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनकै रहेको छ।एरेञ्जमेन्ट कार्साङ लामा र मिक्सिङ दिपेश प्रधानले गरिएको हो ।गायक विशाल काल्तनको शब्द र संगीतले गीतलाई सांगीतिक रूपमा सशक्त बनाएको छ। यो गीतले नेपाली मौलिकता र सांगीतिक प्रवृत्तिलाई नयाँ शैली र उचाइमा पुर्याएको छ।यस गीतलाई गायक काल्तनले तामाङ र नेपाली भाषाको मिश्रण गरिएका छन् ।यो गीतले मौलिक संगीत र आधुनिक स्वादको संगम प्रस्तुत गर्दै मनोरञ्जन र उत्साहको नयाँ आयाम थप्ने प्रयास गरेको छ।
“नाचौं स्याईले” गीत जीवनको सकारात्मक पक्षलाई महत्त्व दिन प्रेरित गर्दै रमाइलो र उत्सवका पललाई अझ विशेष बनाउने उद्देश्यले निर्माण गरिएको छ। गीतले युवापुस्ताको जोश र उमंगलाई प्रतिनिधित्व गर्दै सबै उमेर समूहलाई नाच्न र उत्साहित बनाउन प्रेरित गर्छ।गायक विशाल काल्तनको प्रायः गीतहरु दर्शकहरूले गीतलाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट अत्यधिक रुचाइरहेका छन्। गीतको संगीत र शब्द मात्र होइन, भिडियोहरुलाई पनि धेरैले मन पराएका छन्।.jpeg)
गायक विशाल काल्तनको प्रस्तुतिले केवल मनोरञ्जन मात्र होइन, नेपाली संगीतको मौलिकतालाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको छ। “नाचौं स्याईले” गीतले सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा थप्नेछ र नेपाली संगीतप्रेमीहरूलाई रमाइलो अनुभव दिलाउनेछ।
“नाचौं स्याईले” केवल गीत मात्र होइन, यो नेपाली सांगीतिक क्षेत्रको एउटा जीवन्त प्रस्तुति हो।गायक विशाल काल्तनको मेहनत र सिर्जनात्मकतालाई स्रोता तथा दर्शकहरूले मन पराउने निश्चित छ। यस गीतले सांगीतिक दुनियामा नयाँ अध्याय थप्ने विश्वास लिइएको छ।
पूरा गीत सुन्न तलको लिङ्क क्लिक गर्नुस :
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस