मालपोत काभ्रेका खरिदार भण्डारी रंगेहात दुई लाख घुससहित पक्राउ
धुलिखेल । मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयपरिसरबाटै रंगेहात पक्राउ गरेको हो।
भण्डारीले साबिक दोलालघाट गाविस– ७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनापछि अख्तियारको टोली कार्यालय पुगेको थियो।
अख्तियारको टोलीले सेवाग्राहीबाट दुई लाख घुस लिइसकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिएर उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस