रोशी उद्योग वाणिज्य संघद्वारा नुवाकोटका बाढीपीडितलाई भान्छाका सामग्री सहयोग

काठमाडौँ । रोशी उद्योग वाणिज्य संघले नुवाकोटका बाढीपीडित परिवारलाई भान्सामा प्रयोग हुने विभिन्न सामग्री सहयोग गरेको छ। संघले नुवाकोट उद्योग वाणिज्य संघमार्फत बाढीपीडितका लागि आवश्यक भान्छाका सामग्री हस्तान्तरण गरेको हो।

गत भदौमा आएको भोटेकोशीको बाढीबाट प्रभावित नुवाकोटका बाढीपिडित परिवारको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले भान्छाका सामग्री उपलब्ध गराइएको रोशी उद्योग वाणिज्य संघका अध्यक्ष गणजित बल (मनिष)ले बताए। रोशी पनि बाढी प्रवाहित क्षेत्र भएपनि थोरै थोरै सहयोग संकलन गरेर नुवाकोटका बाढी प्रभावित परिवारलाई सहयोग गरेको उनले बताए । `बाढीबाट प्रभावित परिवारलाई दैनिक जीवनयापन सहज बनाउन तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो ।´ अध्यक्ष बलले भने ।

रोशी उद्योग वाणिज्य संघको सहयोगले बाढबाढी प्रवाहित परिवारका लागि ठुलो राहत मिल्ने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । प्राप्त सामग्री वास्तविक पिडितहरू पहिचाहन गरि वितरण गर्ने उनले जानकारी दिए । रोशी गाउँपालिका पनि बाढी प्रवाहित क्षेत्र भएको बावजुत पनि यसरी सहयोग गरेको भन्दै श्रेष्ठले रोशी उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गरे ।

असोज १७ गते अध्यक्ष बलसहितको टोली नुवाकोटमै पुगेर नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठसहितको टोलीलाई सामग्री हस्तान्तरण गरेको संघकी उपाध्यक्ष लक्ष्मी वाईबाले जानकारी दिइन्।

 

रोशी उद्योग वाणिज्य संघले करिब २० परिवारलाई पुग्ने गरी प्रेसर कुकर, कराही, थाल, कचौरा, बाल्टिन, जग, मग, गिलासलगायत भान्सामा दैनिक प्रयोग हुने सामग्री सहयोग गरेको संघका उपाध्यक्ष कान्छामान तामाङले बताए।बिभिन्न सहयोगी दाताहरूबाट आर्थिक सहयोग संकलन गरेर एक लाख भन्दा बढीको सामग्री हस्तान्तरण गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस
↑