मिलेनियम सहकारीको १६औँ वार्षिक साधारणसभा बनेपामा सम्पन्न
काभ्रे। मिलेनियम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काभ्रेको बनेपाभर कार्य क्षेत्र रहेको यस संस्थाले असोज २६ र २७ गते वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सोही संस्थाले संस्थाका अध्यक्ष कृष्णकुमार भण्डारीको अध्यक्षतामा र संस्थाका प्रमुख सल्लाहकार मुन्यश्वर कायस्थको प्रमुख अतिथिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।.jpeg)
सभामा संस्थाकी सचिव सुनिता तिमल्सिनाले वार्षिक गतिविधिसम्बन्धी प्रतिवेदन ,कोषाध्यक्ष कान्छामान लामा तामाङले आर्थिक प्रतिवेदन र लेखा संयोजक मनिष कायस्थले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।.jpeg)
सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको, ४ करोड २५ लाख रुपैयाँ ऋण लगानी गरेको र ५५ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको जानकारी दिइयो। साथै, सहकारीमा ५ करोड रुपैयाँ पुँजी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
साधारणसभाका अवसरमा उत्कृष्ट बाल बचतकर्तालाई सम्मानसमेत गरिएको थियो।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस