दशै:निधारको रातो टीकाभित्र लुकेको आँसु मुटुभरि साँचिएको माया
"कसैको घरमा अभावले आँसु नझरोस्,कसैको मनमा एक्लोपनको बास नगरोस् र हरेक सम्बन्धमा प्रेमको दियो बलिरहोस।"
दशैँ केवलएउटा चाड होइन,यो नेपालीमनको स्पन्दन हो!यो बर्षभरि थाकेका पाइलाहरु घरको आँगानमा फर्किने उत्सव हो,टाढिएका मनहरु नजिकिने अवसर हो र निधारमा सजिने रातो टीकाभित्र अनेकौँ भावनाभित्र लुकेको आत्मीय पर्व हो! दशैँ आउँदा गाउँवस्तिमा नौलो उमङ्ग छाउँछ, घर आँगनमा लिपपोत हुन्छ! जमरा उमारिन्छ,बजारमा चहलपल बढ्छ र हरेक नेपालीको मनमा एउटा मिठो प्रतिक्षाले बास गर्छ!
तर सबैका लागि दशैँको खुसी एउटै हुँदन कसैका लागि नयाँ लुगा,मिठो परिकार र रमाइलो भेटघाट दशैँको परिचय बन्छ भने कसैका लागि यही पर्व पुराना सम्झ्नाहरुले भरिएको आँसुको पोखरी बनिदिन्छ!कसैको घरमा त्यही आँसुको अभावले सन्नाटा छाउँछ! त्यसैले दशैँलाई बुझ्न रातो टिका र पहेलो जमरा मात्र हेरेर पुग्दैन,मान्छेको मनभित्र लुकेका कथा पनि पढ्न सक्नुपर्छ!
दशैको सबैभन्दा सुन्दर पक्ष भनेकै परिवार हो! सानैछदा आमाको काखमा बसेर टीका लगाएको क्षण बाबाको हातबाट आशिर्वाद थापेको पल दाजुभाइ-दिदीबहिनीबीचको हासो, पिङमा मच्चिएको रहर र घरभरि पाकेका परिकारको सुगन्ध जीवनका अमुल्य सम्पति हुन्!समय बित्दै जान्छ,उमेर ढल्किदै जान्छ,घरका भित्ताहरु उही रहन्छन्,तर ती भित्ताभित्र गुञ्जिने कतिपय आवाजहरू सधैँका लागि हराइसकेका हुन्छन!
जब आमाबाबा साथमा हुनुहुन्न,दशैको टिका लगाउँदा निधारभन्दा पहिले आँखा रसाउछन्!आशिर्वाद थाप्ने शिरले खोजिरहेको हुन्छ त्यहीमायाले हात,जसले जीवनका हरेक अपठ्यारामा साथ दिएको थियो!घरमा सबै थोक हुँदाहुदैँ पनि आमाको ममतामय स्पर्श र बुवाको आसिर्वाद नहुँदा मनको कुनो सधैँ रित्तो रहन्छ! वास्तवमा केही अभावहरू,धनले पुरा हुँदैनन्,केही घाउहरु समयले पनि पूर्ण रुपमा निको पार्न सक्दैन!
आज लाखौँ नेपालीहरु रोजगारी,अध्यन र उज्जवल भविष्यको खोजिमा विदेशिएका छन्!उनीहरुले परदेशमा पसिना बगाउँछन्! आफ्ना रहरहरु धाती राख्छन् र परिवारको खुसीको लागि आफ्नै खुसीसँग सम्झौता गर्छन्!दशै आउँदा उनीहरुको मन भने समुन्द्रपारि उडेर आफ्नै घरको आगनमाँ पुगिसकेको हुन्छ!मोबाइलको पर्दामा देखिने परिवारको अनुहार,भिडियो कलबाट थापिएको काल्पनिक टीका र आँखामा टल्किएको आँसुले परदेशी मनको वास्तविक कथा बोलिरहेको हुन्छ!
यता नेपालमा रहेका बाबा आमा पनि छोराछोरीको बाटो हेरेर बसिरहेका हुन्छन्!ढोकामा कसैको पाइला सुन्निएजस्तो लाग्छ,फोनको घन्टी बज्दा आफ्नै सन्तानको आवाज होला भन्ने आशा पलाउँछ! तर प्रविधिले अनुहार देखाउन सक्छ,आवाज सुनाउन सक्छ,उसले अँगालेको न्यानोपन र टाउकोमा हात राखेर दिइने आशीर्वादको स्पर्श भने दिन सकदैन!
दुरी घटाउन साधन घटेका छन्!तर मनको दुरी मेटाउन आज पनि प्रेम समय र आत्मीयता नै चाहिन्छ!
दशैको अर्को महत्वपूर्ण सन्देस हो-विजय!देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक मान्यताले हामीलाई अन्याय,अहङ्कार र दुष्ट प्रवृत्ति विरुद्ध उभिन प्रेरणा दिन्छ!तर आजको समयमा विजयको अर्थ अरुलाई हराउँनु मात्र होइन!
आफ्नै अहङ्कारलाई जित्नु,रिसलाई क्षमामा बदल्नु ,घृणालाई प्रेमले पररास्त,गर्नु निरास मनमा आशाको दीप बाल्नु र दु:खीको आसुँ पुछ्न सक्नु पमि वास्तविक विजय हो!
हामी देवीको पुजा गर्छौ,जमरा कानमा,सिउरिन्छौ र ठुलाबडाबाट आशीर्वाद लिन्छौँ! तर घरभित्रै वृद्ध आमाबाबा उपेक्षित छन् भने छिमेकी भोकै छन् भने महिलाहरु हिंसाबाट पीडीत छन् भने र विभिन्न बालबालिका शिक्षाबाट वञ्चित छन् भने हाम्रो पर्वको सार्थकता अधुरा रहन्छ!देवीको आरधना तव पूर्ण हुन्छ,जब हामी नारीको सम्मान गर्छौँ निर्बलको सहरा बन्छौ र मानवताप्रति आफ्नो कर्तव्य निर्वाह गर्छौ!
दशैँमा महँगो लुगा लगाउनु,मिठो खानु र रमाइलो गर्नु नराम्रो होइन!तर ऋणको भारी बोकेर देखावटी खुसी प्रर्दर्शन गर्नुभन्दा आफ्नो क्षमतानुसार पर्व मनाउनु बुद्धिमानी हो !छिमेकीको घरमा चुलो नबलेको बेला आफ्नो घरको समृद्धिमा मात्र रमाउनुको सट्टा सकेको सहयोग गर्नु नै चाडपर्वको वास्तविक सुन्दरता हो!एउटा गरिबको घरमा बालिएको सानो खुसीको दीपले समाजलाई उज्यालो बनाउँन सक्छ!
हामीले दशैँलाई केवल परम्परा निर्वाह गर्ने दिनको रूपमा होइन टुटेका सम्बन्ध जोड्ने पुराना मनमुटाव बिसने क्षमा माग्ने र क्षमा दिने अवसरका रुपमा लिनुपर्छ! बर्षौँदेखि बोलचाल बन्दभएका आफन्तसँग एक्पटक संवाद सुरु गरौ!दु:खमा परेका साथीको खबर बुझौँ एक्लो जीवन विताइरहेका बृद्ध वृद्धवृद्धासँग केही समय वसौँ! बालबालिकालाई प्रेम र संत्कारको महत्व सिकाऔँ! किनकि जीवनको अन्तिम हिसाबमा हामीले कति सम्पति कमायौँ भन्नेभन्दा कति मन जित्यौ भन्नेकुरा बढी महत्वपूर्ण हुन्छ!
अन्तत:दशैँ भनेको घर फर्किने चाहना हो,आफ्नो मान्छे भेट्ने प्रतिक्षा हो,विगतका घाउमा लगाउने मायाका मलम लगाउने अवसर हो!कसैको लागि विछोडको वेदना:
कसैको लागि नयाँ आरम्भ हो,क्सैका लागि वितेका दिनहरुको स्मृतिगाथा!यि सबै भावनालाई सम्मान गर्न सक्नु नै दशैँको वास्तविक मानवीय सौन्दर्य हो!
आउनुहोस् यस विजया दशमीमा निधारमा टीका लगाउँदा मनमा पनि सद्धभावको टीका लगाऔँ! कानमा जमरा सिउँरिदा अरुको पीडा सुन्न सक्ने संवेदनशीलता पनि सिरौँ! घरमा दीप बाल्दा कसैको अँध्यारो जीवनमा आशाको उज्याल पुर्याऔँ! हाम्रा घरका आँगनमा मात्र होइन !हाम्रो व्यवहारमा पनि प्रेम फुलोस्,हाम्रा ओठमा मात्र होइन,हाम्रा कर्ममा पनि शुभकामना प्रकटहोस्!
समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि सद्धभाव र मानवताको उज्यालो फैलियोस् स्वदेश तथा विदेशमा रहनु भएका मेरा छोराबुहारी नातिनातिनीहरु, भाइबुहारीहरु, बहिनीहरु तथा ज्वाइसाहेवहरू अनि विशेष मेरा दिनहुँ लेख्न सिकाउने आदरणीय मेरा भाइ राजकमार गोले तामाङ्ग सर लगायत सबै नेपालीहरुका जीवनमा खुसीको बहार छाओस्! कसैको घरमा अभावले आँसु नझरोस्,कसैको मनमा एक्लोपनको बास नगरोस् र हरेक सम्बन्धमा प्रेमको दियो बलिरहोस्!
विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना
(बडाल साहित्यकार हुन ।)
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस