सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न सरकारले आवश्यक पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ

"निजी विद्यालयहरु बढिरहेको र अहिले निजी विद्यालयमा आफ्ना छोराछोरीहरु पढाउने फेसन जस्तै चलिरहेको अवस्थामा सामुदायिक विद्यालयलाई त्यति सजिलो छैन ।"

जिम्मेवारीलाई आफ्नो दायित्व सम्झेर निरन्तर आफ्नो कर्ममा निरन्तर लागिपरेकी छिन् मायादेवी श्रेष्ठ । पनौती ४ एपाटारमा अवस्थित बालोद्वार माविकी प्रधानाध्यापक हुन् मायादेवी । बिक्रम सम्वत २०३६ साल असोज २६ गते पनौती नगरपालिका(४, ठाडोबाटोमा बमबहादुर र सेती श्रेष्ठको कोखबाट जन्मेकी मायादेवीले पनौतीस्थित तत्कालीन ईन्द्रेश्वर माध्यमिक विद्यालयबाट विक्रम संवत्  २०५२ सालमा एस.एल.सी. उत्तीर्ण गरेकी हुन् ।एसएलसी पश्चात जिल्लाकै बनेपास्थित चैतन्य क्याम्पसबाट शिक्षा संकायमा मास्टर स्नातकोत्तर गरेकी श्रेष्ठले विक्रम संवत् २०५५ सालबाट र बालोद्वार माध्यमिक विद्यालय पनौती नगरपालिका-४ ठाडोबाटो, एपााटारमा अध्यापन गराउँदै आएकी छिन् । लामो समयदेखि शिक्षण पेशामा लागेकी उनले सोही माध्यमिक विद्यालयमा २०८२ सालबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । प्रस्तुत छ  ईपाना नेपालले प्रधानाध्यापक  श्रेष्ठ सँग  विद्यालयको शैक्षिक गतिविधि बारे गरेको  कुराकानीको संक्षिप्त अंश :सर्वप्रथम ढिलै भएपनि नयाँ वर्ष २०८३ को यहाँलाई शुभकामना छ ।

मेरो तर्फबाट पनि नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

यहाँले शिक्षण पेशा कहिलेबाट र कुन विद्यालयबाट शुरु गर्नुभयो ?

- मैले शिक्षण पेशा विक्रम संवत् २०५५ सालबाट यसै श्री बालोद्वार माध्यमिक विद्यालय पनौती नगरपालिका(४, काभ्रेबाट शुरु गरेकी हुँ ।

हाल बालोद्वार माध्यमिक विद्यालय पनौती नगरपालिका(४, काभ्रेमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाली रहनु भएको छ, कहिलेबाट यो जिम्मेवारी सम्हाली रहनु भएको छ ?

-विक्रम संवत् २०८२ साल असार १२ गतेबाट मैले यस विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हादै आईरहेकी छु । शिक्षक मात्रै हुँदा र प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दाको फरक अनुभव बताईदिनोस न । शिक्षक मात्रै हुँदा कार्यालयमा समयमा पुग्ने र विद्यार्थीलाई पढाउने र छुट्टी भएपछि घरमा जाने काम हुँदा मात्र कर्मचारीको रुपमा हुँदो रहेछ भने जब प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु पर्दा २४ सै घण्टा कर्मचारी बन्नु पर्दो रहेछ र जिम्मेवारी बढी हुँदो रहेछ अहिले म त्यसरी नै आफ्नो जिम्मेवारी निभाई रहेकी छु ।

हाल विद्यालयमा विद्यार्थी संख्या के कति छ ? कक्षागत रुपमा बताई दिनोस न ?

-हाल विद्यालयमा विद्यार्थी भर्नाको समय भएको कारणले गर्दा जम्मा विद्यार्थी संख्या एकिन भईसकेको छैन ।

नयाँ शैक्षिकसत्रको लागि भर्ना अभियान के कस्तो चलिरहेको छ ?

-हामीले विद्यालयको तर्फबाट विद्यार्थी भर्नाको लागि घरदैलो अभियान, भेटघाट, विद्यालयले गरेका क्रियाकलापको जानकारी दिन ब्रुसर वितरण र ठाउँ ठाउँमा भर्ना खुल्यो भनी फ्लेक्स तयार गरि टाँस्ने लगायतका कामहरु भईरहेको छ ।

सरकारी विद्यालयले निजि विद्यालयसँग प्रतिस्पर्धा गर्नु परिरहेको अवस्थामा कतिको सहज वा गाह्रो छ ?

-निजी विद्यालयहरु बढिरहेको र अहिले निजी विद्यालयमा आफ्ना छोराछोरीहरु पढाउने फेसन जस्तै चलिरहेको अवस्थामा सामुदायिक विद्यालयलाई त्यति सजिलो छैन ।

सरकारी विद्यालयमा विद्यार्थीहरु प्राय डेरा गरिबसेका अभिभावकका छोराछोरी मात्रै पढ्न आउँछन् भनिन्छ के यो सत्य हो रु साथै यस विद्यालयमा के छ अवस्था ?

-यो कुरा सत्य हो । यस विद्यालयमा पनि ९० प्रतिशत विद्यार्थी डेरा गरि बस्ने परिवारबाट अध्ययन गर्न आउँछन् ।

शिक्षा क्षेत्रमा सरकारले के कस्तो नीति लिएमा सरकारी विद्यालयमा राम्रो शैक्षिक वातावरण बन्ला जस्तो लाग्छ यहाँलाई ?

शिक्षा क्षेत्रमा सरकारले प्रयत्न गरि सम्बन्धित निकायबाट समय समयमा पुनर्ताजगी तालिम र अनुगमन निरीक्षण गरिनु पर्दछ । यो  शिक्षा क्षेत्रको लागि नितान्त आवश्यक छ ।

यस विद्यालयको अवस्था कस्तो छ अहिले ?

-यस विद्यालयमा अहिले मुख्य गरेर आवश्यक भौतिक पूर्वाधारको अभाव देखिन्छ । तर शैक्षिक अवस्थामा भने सुधार आएको छ । आधारभूत तहमा एकसे एक र एस। ई।ई। मा राम्रो नतिजा ल्याउन सफल भएको छ । 

यस विद्यालयको बारेमा विस्तारमा बताईदिनोस न ?

यस विद्यालय विक्रम संवत् २०१८ साल पौष २७ गते स्थापना भई विक्रम संवत् २०३३ सालमा समाजसेवी भूतपूर्व सेनानी भोगेन्द्र बहादुर कुँवरको पहलमा यसै एपाटार भिमसेनस्थानमा प्राथमिक विद्यालय स्थान्तरण भई विक्रम संवत् २०६५ सालमा माध्यमिक हुँदै हालसम्म अनवरत रुपमा माध्यमिक विद्यालयको रुपमा सञ्चालन हुँदै आईरहेको छ । 

अन्तमा शिक्षा क्षेत्रको विषयमा आफूलाई लागेको र भन्न छुटेका केही छ कि ?

सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्ने हो भने सम्बन्धित निकायबाट विद्यालयलाई आवश्यक पर्ने पर्याप्त बजेटको व्यवस्था हुनुपर्दछ । र शिक्षक कर्मचारीको समय समयमा बढुवा हुनुपर्दछ । साथै पर्याप्त कक्षाकोठा, विद्यालय भवनको व्यवस्था र विद्यालयमा खपत हुने इन्धन निःशुुल्क हुनुपर्ने आदि इत्यादिको व्यवस्था हुनुपर्दछ । 

प्रस्तुती:- योगेश राल्फाली

प्रतिकृया दिनुहोस