रोशीको नयाँ आर्थिक बर्षको लागि बजेट नीति तथा कार्यक्रम सर्वसम्मत पारित
रोशी । रोशी गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८३/८४ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।मङ्गलबार सम्पन्न गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरेको हो।

असार १० गते भएको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष दिनेश लामाले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाइबा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ बराबरको आय र व्ययको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
दोस्रो बैठकले आर्थिक विधेयकका साथै प्रवक्ता बसन्तकुमार तामाङले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक धनजीत लामाले पेश गरेको अनियमित बेरुजुलाई नियमित गर्ने सम्बन्धी प्रस्ताव र न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन समेत सर्वसम्मतिले पारित गरेको छ।
बैठकले रोशी गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ र लैङ्गिक हिंसा, मानव वेचविखन तथा ओसारपसार र घरेलु हिंसाका पीडितहरूको संरक्षणको लागि कोष र केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ पनि सर्वसम्मतिले पारित गरेको छ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस