नेवा: पत्रकार राष्ट्रिय दबुको एकदिवसीय पत्रकारिता तालिम
बनेपा । नेवा: पत्रकार राष्ट्रिय दबु काभ्रेको आयोजना तथा दबुको केन्द्रीय समितिको सहकार्यमा एकदिवसीय पत्रकारिता तालिम सञ्चालन भएको छ। आइतबार बनेपा नगरपालिका–८ का वडाध्यक्ष तथा महिला नेतृ शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष मानन्धरले राष्ट्रको चौथो अंगका रूपमा मानिने पत्रकारिता क्षेत्रलाई राज्यले अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको बताइन्। देशका हरेक खाले आन्दोलन तथा विकास निर्माणमा पत्रकारिता जगतको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले नेवा: पत्रकारहरूको पनि यस क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताइन्।
सिकाइ जीवनभर निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै मानन्धरले पत्रकारिताको ज्ञान हासिल गरेर व्यावसायिक रूपमा पत्रकारितामा लाग्न आग्रह गरिन्।
पत्रकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले भाषा, कला र साहित्यलाई राज्यले उपेक्षा गर्दै आएको बताए। कला र साहित्यलाई राज्यले अपनत्व लिए मात्रै देशको समग्र विकास सम्भव हुने उनको भनाइ थियो।
नेवा: पत्रकार राष्ट्रिय दबुका केन्द्रीय सहसचिव विजयराम कर्माचार्यले काभ्रेका लेखक, साहित्यकार तथा मातृभाषाका पत्रकारहरू मिलेर नेवा: पत्रकार राष्ट्रिय दबुको काभ्रे शाखा गठन भएको बताए।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरले पछिल्लो समय पत्रकारितामा प्रविधिसँगै चुनौतीहरू पनि बढ्दै गएको बताए। ती चुनौती सामना गर्न एकदिवसीय पत्रकारिता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले पत्रकारिता क्षेत्रका संघ–संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताए।
फोनिज र नेवा: पत्रकार राष्ट्रिय दबु एउटै घरका परिवारजस्तै भएको उल्लेख गर्दै थापाले एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे। उनले दबुको हरेक सुखदुःखमा आफ्नो साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे।
कार्यक्रमका सभापति तथा नेवा: पत्रकार राष्ट्रिय दबु काभ्रेका अध्यक्ष शम्भूलाल श्रेष्ठले दबुका सबै सदस्यलाई लक्षित गरी एकदिवसीय पत्रकारिता तालिम आयोजना गरिएको जानकारी दिए।
दबु काभ्रेका सचिव दिलिप श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भारती श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्।
तालिम उद्घाटन कार्यक्रममा दबुका बागमती प्रदेश सहसचिव विश्वनाथ ताम्राकार, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका अध्यक्ष रमेश न्यौपाने, पत्रकार प्रल्हाद शर्मा हुमागाईंलगायतको उपस्थिति थियो।
एकदिवसीय पत्रकारिता तालिममा नेवा: पत्रकार राष्ट्रिय दबुका केन्द्रीय महासचिव केके मानन्धरले प्रशिक्षण दिनेछन्।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न



प्रतिकृया दिनुहोस