तामाङ आदिबासी ज्ञान-संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरण सम्बन्धी बिमर्श गेताङ कार्यक्रम सम्पन्न
काठमाडौं। तामाङ आदिबासी ज्ञान-संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरण सम्बन्धी बिमर्श गेताङ कार्यक्रम सम्पन्न भएको छ । “संस्कृति हाम्रो पहिचान, ज्ञान हाम्रो शान, संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना र अमेरिका, क्यानडा र अस्ट्रेलिया स्थित प्रबासमा रहेका तामाङ संघ सस्थाको सहकार्यमा "तामाङ आदिबासी ज्ञान-संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरण सम्बन्धी बिमर्श गेताङ" कार्यक्रम सम्पन्न भएको हो ।
तामाङ स्रस्टा सम्मान : ज्ञान-संस्कृति बिमर्श अन्तर्गत संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल तामाङ घेदुङका सह अध्यक्ष सरोज मोहन लामा तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष दिनेश लो तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै तामाङ ज्ञान र संस्कृतिको संरक्षण र पुस्तान्तरण हुनुपर्छ गर्नुपर्ने सम्बन्धमा चर्चा गर्नुभयो।
तामाङ विज्ञ तथा मानवशास्त्री डा. मुक्तसिंह थोकर तामाङ ले तामाङ बोन्बो परम्परा र सम्पदा संरक्षण सम्बन्धमा अनुसन्धानात्मक प्रस्तुति गर्नुभएको थियो भने तामाङ भासा तथा लिपि बिज्ञ अजितमान तामाङले तामाङ समुदायको अभौतिक सांस्कृतिक सम्पदा बारे प्रकाश पार्नु भएको थियो । त्यसैगरी तामाङ व्याकरण तथा लिपि बिज्ञ राजेन्द्र थोकर तामाङले तामाङ भाषा, व्याकरण र तामायीक लिपीको सैद्धान्तिक आधार बारे प्रस्तुत गर्नुभएको थियो ।
तामाङ संस्कृति बिज्ञ बुद्धी तामाङले प्रकृतिसँग सहअस्तित्व, तामाङ ज्ञान, संस्कृति र पहिचान सम्बन्धी आफ्नो प्रस्तुति दिनुभएको थियो । त्यस्तै वरिष्ठ पत्रकार तथा आदिबासी ज्ञान बारे अध्ययन अनुसन्धान कर्ता कुमार यात्रु–तामाङले तामाङ आदिवासी ज्ञान सम्बन्धी संक्षिप्त प्रस्तुति राख्दै आदिवासी ज्ञानबाट प्राप्त लाभाँशमा आदिवासीको पहुँचका विषमा केन्द्रित रहेर प्रथाजनित संस्थाको प्रबद्र्धन तथा सुद्दृढिकरण गर्नुपर्ने र खास गरेर कार्वन व्यापार र पकृतिक स्रोतको रोयल्टी बापत रकमका लागि तामाङ प्रथाजनित संस्था चोहो, नाङखोर, घेदुङ जस्ता संस्था जिवित र चलायमान बनाउनु पर्ने मत राख्नु भएको थियो । भारतबाट आउनु भएकी डा. चन्द्रा योन्जनले आफुले समाजसेवामा गरेको काम र भारत सरकारले अभिनन्दन गरेको अनुभव अदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा तामाङ ज्ञान र संस्कृति संरक्षण तथा पुस्तान्तरणमा जोड दिदै प्रमुख अतिथि एवं संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङले घेदुङ अब नयाँ ढंगले सहकार्य गर्ने र आगामी दिनमा घेदुङले आफ्नै सांस्कृतिक भवन निर्माण गरी सोहि भवनमा यस्ता खालका ज्ञान बर्धक कार्यक्रमहरु गर्ने कुरा राख्नुहुदै नेपाल तामाङ घेदुङ सबै तामाङ समुदायको साझा संस्था भएको अनुभव सबैमा हुने संस्था बनाउन लागि पर्ने बताउनुभयो ।
तामाङ समुदायको मौलिक संस्कृति र परम्परालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम महासचिव लिलाकुमार ग्लानले संन्चालन गर्नुभएको थियो ।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस