फोनिजको २७औँ स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान

बनेपा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनामा २७औँ स्थापना दिवसको अवसरमा ‘शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहिबार फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
 शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी प्रदेश अध्यक्ष श्रेष्ठले आदिवासी जनजातिहरुको मुद्धा आफैंले उठाउनुपर्ने बताए । फोनिजकर्मीहरुको क्षमता विकास गर्न त्यहीअनुसारको तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पत्रकारितामा जति कलम चलाउनुपर्ने हो त्यति नचलेको गुनासो श्रेष्ठले गरे । राज्यको चौथो अंग भनिएको पत्रकारितालाई अहिलेको समयमा सरकारबाट नै दबाउन खोजिएको उनले आरोप लगाए । 


आदिवासी जनजाति पत्रकारहरुले आफ्‌नो कला, संस्कृति, परम्परा, प्राकृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको पनि श्रेष्ठले बताए । 
फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिज बागमती प्रदेशका सल्लाहकार, पूर्व इन्चार्ज तथा पूर्व अध्यक्ष पेमा लामाले स्थापना दिवसलाई उत्साहजनक तरिकाले मनाउनुपर्ने बताउदै फोनिजको स्थापनाकालदेखि हालसम्मको क्रियाकलापको समिक्षा गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा फोनिज बागमती प्रदेशका महासचिव राजु नापित, फोनिज काभ्रेका सल्लाहकार संयोजक उजाड रक्तिम, फोनिज काभ्रेका सल्लाहकार तथा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष शिशिर तामाङ तथा फोनिज बागमती प्रदेशका अनुशासन विभाग संयोजक जगत तामाङले आदिवासी जनजाति पत्रकार भएकै आधारमा हेपिनुपरेको बताए । 
त्यसरीन नै नेपाल पत्रकार महासंघ काभ्रेका सचिव एवं नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका अध्यक्ष रमेश न्यौपाने, काभ्रे रेडियो टिभी प्रसारक मञ्चका अध्यक्ष सचित खड्का, सञ्चारिका समूहका अध्यक्ष सुनिता सापकोटा, महासचिव ज्योती श्रेष्ठ, तामाङ पत्रकार संघ काभ्रेका पूर्व अध्यक्ष अञ्जली तामाङ लगायतले फोनिजको बारेमा आ–आफ्नो धारणा व्यक्त गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गरे । 
कार्यक्रममा स्वागत मन्तव्य फोनिज काभ्रेका उपाध्यक्ष भेषराज दनुवारले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सनम सुवालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस
↑