उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक प्रथम
मध्यपुर थिमि, भक्तपुर/विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमीले उत्कृष्ट प्रदर्शन गर्दै १४औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा प्रथम हुन सफल भएको छ ।
शैक्षिक क्षेत्रमा आफ्नाे छुट्टै पिहचान बनाउन सफल, शिक्षासँगै गुणस्तरीय, सीपमूलक तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको मध्यपुर थिमि, भक्तपुरस्थित विनायक शिक्षा निकेतन विद्यालयले नेपाल विज्ञान ओलम्पियाड (NESO) द्वारा २०८३ असोज १ गते काठमाडौँस्थित रसियन कल्चर सेन्टरमा आयोजित उक्त विज्ञान प्रदर्शनीमा काठमाडौँ उपत्यकाका १६ वटा विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको हो ।
प्रदर्शनीमा विनायकका विद्यार्थीहरूले समसामयिक विषय बाढीपहिरोको रोकथाम तथा विपद्बाट बच्ने उपायहरू सम्बन्धी विज्ञानमा आधारित परियोजना प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले वैज्ञानिक सोच, सिर्जनात्मकता र व्यावहारिक ज्ञानको संयोजन गर्दै तयार पारेको उक्त परियोजनाले निर्णायक तथा दर्शकहरूको मन जित्न सफल भएको थियो ।
यस उपलब्धिले विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धानमूलक सिकाइ, समस्या समाधान गर्ने क्षमता तथा वातावरणीय र सामाजिक समस्याप्रति जिम्मेवार बन्ने भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
विज्ञान तथा प्रविधिमार्फत व्यावहारिक ज्ञान र सीप विकास गर्ने विद्यालयको शैक्षिक प्रयासलाई यस सफलताले थप प्रोत्साहन गरेको छ ।
यस गौरवपूर्ण उपलब्धिका लागि सम्पूर्ण सहभागी विद्यार्थीहरू, मार्गदर्शक शिक्षकहरू तथा विद्यालय परिवारलाई हार्दिक बधाई एवं शुभकामना ।
विनायक शिक्षा निकेतन — शिक्षा, संस्कृति, सीप र प्रविधिसहित उज्ज्वल भविष्यको आधार भन्ने अवधारणा अनुसार चलेको विद्यालयका प्राचार्य सुरेन्द्र विक्रम प्रजापति बताउँछन् ।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस