विमलको "राइजिङ्ग सिङ्गिङ्ग स्टार - सिजन १" सम्पन्न

भक्तपुर/विमल मेमोरियल स्कुलले आफ्नो महत्वकांक्षी कार्यक्रम "राइजिङ्ग सिङ्गिङ्ग स्टार - सिजन १" सफलताका साथ भव्य रुपमा सम्पन्न गरेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं १० का वडा अध्यक्ष शिवराम राउतको प्रमुख आतिथ्यतामा सूर्यविनायक नगरपालिका वडा नं १०, चित्तपोलस्थित विमल मेमोरियल विद्यापीठले "राइजिङ सिङ्गिङ्ग स्टार सिजन - १" सम्पन्न गरेको हो ।

कार्यक्रममा वडा अध्यक्ष राउतले विद्यालयले शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै विद्यार्थीहरूको समग्र विकासमा लागपरेकमे बताए ।

यस्तै ईप्सन भक्तपुरका अध्यक्ष जी बी खड्काले विद्यालयले गर्दै आएका विभिन्न कार्यक्रमहरूको प्रशंसा गर्दै यस किसिमका अतिरिक्त क्रियाकलापहरूले शैक्षिक तथा अतिरिक्त विषयमा विद्यार्थीहरूको सिकाइलाई अझ राम्रो र प्रभावकारी बनाउने धारणा राखे ।

कार्यक्रमको ओेैचित्य बारे धारणा राख्दै विद्यालयका प्रिन्सिपल कुमार थापामगरले विद्यार्थीहरूले छोटो समयमा नै साङ्गीतिक विधामा गरेका प्रगतिको तारिफयाेग्य रहेको बताए । थापा मगरले आगामी दिनमा सांगीतिक एवं अन्य विधामा पनि सफलता प्राप्त गर्नको लागि विद्यार्थीहरूलाई मार्ग निर्देशन गर्नुहुँदै कार्यक्रमको सफल समापनको लागि सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी अभिभावक एवं शुभचिन्तकहरुमा कृतज्ञता ज्ञापन गरे ।

कार्यक्रमको सभा अध्यक्ष विद्यालयका सञ्चालक समितिका अध्यक्ष इन्जिनियर कमल कार्कीले सीमित स्रोत र साधनका बावजुद पनि विद्यालयले यस्ता किसिमका अतिरिक्त क्रियाकलाप गर्दै आएकोमा विद्यालयमा रहेका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए 
।

कार्यक्रममा प्री-अडिसन र अडिसनबाट छनोट भई आएका १० उत्कृष्ट प्रतियोगीहरुले आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा कक्षा आठकी छात्रा साहना आले मगर प्रथम, कक्षा आठकै छात्रा सृष्टि राई भए भने क्रमश तेस्रो र सान्त्वना स्थान कक्षा सातकी छात्रा अनुका घतानी र कक्षा चारकी छात्रा रसिका ढुंगेलले प्राप्त गरे । 

कार्यक्रमको निर्णायकको भूमिकामा प्रसिद्ध कलाकार द्वय राजकुमार मानन्धर र सानु मैया ताम्राकार धौबडेल रहेका थिए । 

कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीहरूलाई प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिज्यूहरुले पुरस्कार वितरण गरी सम्मान तथा उज्वल  भविष्यको लागि बधाई एवं शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन अधिकारी, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराम खत्री लगायत सञ्चालकहरू ईश्वर खत्री, संगिता खत्री तथा विद्यार्थीहरू, अभिभावकहरू तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑