सुदर्शन सिंखडा बेल्जियममा सम्मानित

नेपाली कराते प्रशिक्षक सुदर्शन सिंखडा बेल्जियममा सम्मानित भएका छन्। 
खेलकुद क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान र आफ्नो विशिष्ट खेल कौशलताका कारण सिंखडा बेल्जियममा सम्मानित भएका हुन ।
कूटनीतिक र सामाजिक वृत्तमा तरंग
​ब्यूँझनुहोस् र पत्याउनुहोस्, नेपाली माटोले फेरि एकपटक विश्वमञ्चमा आफ्नो अमेट छाप छोडेको छ! बेल्जियम, नेदरल्याण्ड्स र लक्जमबर्गका लागि नेपालकी महामहिम राजदूत श्री सेवा लम्साल ज्यूको बाहुलीबाट विश्वकृर्तिमानी सुदर्शन सिंखडाले नेपाल सरकारको तर्फबाट पाएको उच्च सम्मानले यतिबेला कूटनीतिक र सामाजिक वृत्तमा तरंग पैदा गरेको छ। ​साधारण पसिना र असाधारण संकल्पका धनी सिंखडाको यो सम्मान कुनै सामान्य सरकारी औपचारिकता मात्र होइन; यो त करोडौँ नेपालीहरूको शिर उच्च पार्ने एक सनसनीपूर्ण र ऐतिहासिक सफलता हो!

नेपालको नाम विश्वसामु उच्च राख्न निरन्तर अहोरात्र खटिरहेका सुदर्शनले आफ्नो क्षेत्रमा रचेको इतिहासले आज अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाप्त गरेको छ।
बेल्जियमस्थित नेपाली राजदूतावासमार्फत प्राप्त यो कदरले प्रवासमा रहेका हजारौं नेपाली युवाहरूलाई आफ्नै देश र समाजप्रति केही गर्नुपर्छ भन्ने ज्वलन्त ऊर्जा भरेको छ।
विश्वमञ्चमा नेपालको झण्डालाई उच्च राख्दै विश्वकृर्तिमान कायम गर्नु चानचुन कुरा होइन, र आज नेपाल सरकारले त्यसको कदर गर्दै उनलाई राष्ट्रिय गौरवका रूपमा उभ्याएको छ।

उनी भन्छन- ​"यो सम्मानले मलाई आगामी दिनमा थप जिम्मेवारी, निष्ठा र ऊर्जाका साथ सेवा गर्ने प्रेरणा प्रदान गरेको छ,"

प्रतिकृया दिनुहोस
↑