नमोबुद्ध–६ को वडा सभापतिमा पुनः धनध्वज लामा निर्विरोध

नमोबुद्ध । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले धनध्वज लामालाई पुनः वडा सभापतिमा निर्विरोध चयन गरेको छ।

अधिवेशनबाट उपसभापतिमा जितमान लामा र वसन्ती श्रेष्ठ, सचिवमा राम केसी तथा सहसचिवमा रोशनी लामा निर्विरोध चयन भएका छन्।

त्यस्तै, वडा कार्यसमिति सदस्यमा सम्झना श्रेष्ठ, विपना लामा, धनबहादुर लामा, रुपध्वज लामा, आले च्याङ्वा, टुल्कु लामा, चन्द्रध्वज लामा, नोर्बु सि लामा र धनबहादुर लामा निर्विरोध चयन भएको निर्वाचन अधिकृत आनन्द केसीले जानकारी दिए।

 

अधिवेशनबाट २३ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन्।

 

नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामाको प्रमुख आतिथ्यता तथा नवनिर्वाचित वडा सभापति धनध्वज लामाको सभापतित्वमा अधिवेशन समापन कार्यक्रम सम्पन्न भएको थियो। वडा सचिव राम केसीले सञ्चालन गरेको कार्यक्रममा निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

 

निर्वाचन अधिकृत केसीका अनुसार वडा अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका हुन्।

प्रतिकृया दिनुहोस
↑