नेपाली कांग्रेस रोशीको सभापतिमा दिलदोर्जे लामा सर्वसम्मत

रोशी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । अधिवेशनबाट दिल दोर्जे लामा तामाङ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै, उपसभापतिमा राज गौतम र रोजीना लामा, सचिवमा सुदिप बोम्जान तथा सहसचिवमा अमृत बल चयन भएका छन्। यस अघि लामा सचिवमा थिए ।

त्यसरी नै युवा सदस्यतर्फ कर्म सिं लामा, गान्दिव बुद्ध लामा तामाङ र मनिशा लामा, खुला–दलित सदस्यमा सुदिप विक तथा महिला–दलित सदस्यमा चन्द्रकुमारी विक सर्वसम्मत चयन भएका छन्।

तत्कालिन गाउँपालिका सभापति दूधराज घलानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला सभापति तीर्थ लामा नेपाली काङ्ग्रेसका नेता गणेश लामा, जिल्ला सचिव गुणराज मुक्तान, प्रतिनिधिसभा-१ का क्षेत्रीय सभापति दिनेश लामा, प्रदेश सभा-२ का क्षेत्रीय सभापति चन्द्र लामा लगायतको उपस्थिति रहेका थिए । 

अधिवेशनमा रोशी गाउँपालिकाका १२ वटै वडाबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रतिनिधिहरूले समावेशी ढंगबाट नयाँ गाउँ कार्यसमिति सर्वसम्मत चयन गरेका हुन्।

 

नवनिर्वाचित गाउँ कार्यसमिति

  • सभापति: दिल दोर्जे लामा तामाङ
  • उपसभापति: राज गौतम
  • उपसभापति: रोजीना लामा
  • सचिव: सुदिप बोम्जान
  • सहसचिव: अमृत बल
  • सदस्य (युवा): कर्म सिं लामा
  • सदस्य (युवा): गान्दिव बुद्ध लामा तामाङ
  • सदस्य (युवा): मनिशा लामा
  • सदस्य (खुला–दलित): सुदिप विक
  • सदस्य (महिला–दलित): चन्द्रकुमारी विक

 

अधिवेशनमा संगठन सुदृढीकरण, पार्टीभित्रको एकता तथा सहकार्य र आगामी राजनीतिक गतिविधिबारे छलफल गरिएको थियो। सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र आपसी एकता, सहकार्य र संगठनात्मक मजबुतीको सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

नवनिर्वाचित सभापति दिल दोर्जे लामा तामाङले रोशीमा नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै अधिवेशन सम्पन्न गरेका थिए।

प्रतिकृया दिनुहोस
↑