भुम्लु कांग्रेसको नेतृत्वमा महिला, सभापतिमा मञ्जु शाह ठकुरी सर्वसम्मत
भूम्लु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका कार्यसमिति सभापतिमा मञ्जु शाह ठकुरी चयन भएकी छन्। भुम्लु कांग्रेसको नेतृत्वमा पहिलोपटक महिला सभापति चयन भएकी ठकुरीले गाउँपालिका तहको पार्टी संगठनको नेतृत्व सम्हाल्ने भएकी हुन्।

अधिवेशनबाट उपसभापतिमा सुजन लामा र शान्ति शाह ठकुरी, सचिवमा रमिला बानियाँ, सहसचिवमा शंकर रमण उप्रेती तथा कोषाध्यक्षमा सरिता खत्री चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यमा सूर्यबहादुर तामाङ, शान्ति गिरी, पूर्णबहादुर खड्का, नविन योञ्जन, रजनी खड्का, श्यामकुमारी माझी, विशाल पराजुली, विक्रम शाह, ललिता ग्लान, गङ्गा तामाङ, बालकृष्ण तामाङ, रञ्जना लामा, सरिता सेञ्चुरी, प्रलाद केसी, जितेन्द्र पराजुली, किरण लामा, निजनन्द थपलिया र कमला पराजुली चयन भएका छन्।
केही दिनअघि काभ्रेपलान्चोकका १३५ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको थियो। वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा पालिका तहको अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित सभापति मञ्जु शाह ठकुरी यसअघि पनि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएकी थिइन्। भुम्लु कांग्रेसको नेतृत्वमा महिला सभापति चयन हुनुलाई स्थानीय तहमा महिलाको राजनीतिक सहभागिता र नेतृत्वको विस्तारका रूपमा समेत हेरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा हुँदै पालिका तहको अधिवेशन सम्पन्न भएपछि अब क्षेत्रीय तहका अधिवेशनतर्फ प्रक्रिया अघि बढ्नेछ। कांग्रेसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार १० गते क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस