काभ्रेका १३ वटै पालिकामा कांग्रेस अधिवेशन सम्पन्न

बनेपा । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पालिका अधिवेशन काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा सम्पन्न भएको छ। अधिवेशनबाट जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकामा नयाँ सभापति चयन भएका छन्।
अधिवेशनबाट बनेपा नगरपालिकाको सभापतिमा राम जोशी, धुलिखेल नगरपालिकामा विदुर बस्नेत र पनौती नगरपालिकामा रूपक महत निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी पाँचखाल नगरपालिकामा सञ्जय तामाङ, मण्डनदेउपुर नगरपालिकामा रामहरि सापकोटा र नमोबुद्ध नगरपालिकामा कृष्ण लामा सभापतिमा निर्वाचित भएका छन्।
जिल्लाका गाउँपालिकातर्फ रोशी गाउँपालिकाको सभापतिमा दिलदोर्जे लामा, तेमाल गाउँपालिकामा बिकुलाल लामा र महाभारत गाउँपालिकामा सागर मोक्तान निर्वाचित भएका छन्।
त्यस्तै, खानीखोला गाउँपालिकाको सभापतिमा क्षेत्रबहादुर वाइबा, बेथानचोक गाउँपालिकामा डिगमान लामा, भुम्लु गाउँपालिकामा मञ्जु शाह ठकुरी र चौँरीदेउराली गाउँपालिकामा राजेश गौतम सभापतिमा निर्वाचित भएका छन्।
जिल्लाको बनेपा, नमोबुद्ध नगरपालिका र बेथानचोकमा सभापतिको लागि मतदान भएको थियो ।

१३ वटै पालिकामा अधिवेशन सम्पन्न भएसँगै काभ्रेपलाञ्चोकमा कांग्रेसको पालिकास्तरीय नेतृत्व चयन प्रक्रिया पूरा भएको छ। नवनिर्वाचित सभापतिहरूले आ–आफ्नो पालिकामा पार्टी संगठनलाई सुदृढ बनाउने तथा आगामी राजनीतिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन्।
पन्ध्रौं महाधिवेशन अन्तर्गत असोज १० गते प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदै छ । 

प्रतिकृया दिनुहोस
↑