"साहुजी, एक किलो"
साहुजी एक किलो चामल
साहुजिले भोकको सामल तौलिदिन्छ
एक किलो टमाटर अनि एक किलो आलु पनि है
उसका शब्दहरू तराजुको काँटामा झुन्डिन्छन्
साहुजी हिसाब जोडिरहन्छ
थकित गलित शरीर
ऊ आफ्नै जीवन घटाई रहन्छ।
उसको झोलाभित्रको
एक किलो सामल
केवल अन्न मात्र थिएन
पसिनाले उब्जाएको
साँझको उज्यालो थियो
परिवारको मुहारको खुशी थियो ।
उसले कहिल्यै मागेन दुई किलो सपना
कहिल्यै मागेन चार किलो खुसी
किनकि, उसलाई थाहा थियो
गरिबीको बजारमा सपनाहरू किलोमा बिक्दैनन्
ती त अधुरा निद्राहरूमा तौलिन्छन्।
उसको "एक किलो"
केवल परिमाण थिएन
बाध्यताको कसी थियो
नियतिको गति थियो ।
जहाँ इच्छाहरू
चखेवाझैँ पखेटा फिँजाउँछन्
अभावका बेडीहरू
फेरि थच्चिएर बस्न बाध्य हुन्छन्।
झोलाभित्रको सामल-
भोलिको चिन्ताको बीऊ थियो
चिन्ताभित्र
विश्वासको पुल थियो
श्रमको ईमान थियो
रित्तो खल्तीभित्रको आत्मसम्मान थियो ।
उसलाई अरूको चासो छैन
उसलाई त आफ्नै चिन्ता छ
भोको पेटको
भोलीको उधारो छाकको
परिवारको भविष्यको
र त भन्छ
"साहुजी, एक किलो" २।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस