‘भाइ छ परदेशमा’ तीज गीत सार्वजनिक
काठमाडौं।हरितालिका तीजलाई लक्षित गर्दै ‘भाइ छ परदेशमा’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ।
बिहिवार रमा गोदार थापाको युट्युब च्यानल मार्फत तीज गीत सार्वजनिक गरेको हो । परदेशमा रहेका दाजुभाइको सम्झना, घरदेशमा रहेका दिदीबहिनी तथा परिवारको माया र चाडपर्वको समयमा हुने भावनात्मक पीडालाई समेटिएको यो गीत निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
तेज सिलवाल र मीना बेलवासेको संयुक्त शब्द तथा संगीत रहेको ‘भाइ छ परदेशमा’ मा टिकाराम श्रेष्ठ र रमा गोदार थापाको स्वर रहेको छ। गीतमा परदेशी जीवनको बाध्यता, परिवारबाट टाढा रहनुपर्दाको पीडा र तीजको अवसरमा आफ्ना आफन्तको सम्झनाले दिने भावनालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
गीतको कथा टिकाराम श्रेष्ठको रहेको छ भने बलराम श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको हो। भिडियोमा शारदा राउत, निखिल क्षेत्री, सोजीका पन्त, सुप्रिया कार्की, राजु बुढाथोकी, सरस्वती बुढाथोकी, रमा गोदार थापा, टिकाराम श्रेष्ठ र बलराम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
‘भाइ छ परदेशमा’ रमा गोदारको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक तथा प्रसारण भएको हो। तीजको अवसरमा सार्वजनिक गरिएको यस गीतले परदेशमा रहेका नेपाली दाजुभाइ र उनीहरूलाई घरमा पर्खिरहेका परिवारको वास्तविक भावनालाई उजागर गरेको छ।
तीज नेपाली महिलाहरूको विशेष पर्व भए पनि पछिल्लो समय तीज गीतहरूले समाजका विभिन्न सामाजिक तथा पारिवारिक विषयलाई समेत समेट्दै आएका छन्। यही क्रममा ‘भाइ छ परदेशमा’ ले चाडपर्वको समयमा परदेशमा रहेका आफन्तको अभाव र उनीहरूप्रतिको माया–सम्झनालाई मुख्य विषय बनाएको छ।
परदेशमा रहेका दाजुभाइ, उनीहरूका दिदीबहिनी तथा परिवारका सदस्यहरूको भावनासँग प्रत्यक्ष जोडिने भएकाले यो गीतले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ। मौलिक कथा, मार्मिक शब्द, भावनात्मक संगीत र कलाकारहरूको अभिनयले ‘भाइ छ परदेशमा’ लाई यस वर्षको तीजको एक सम्झनलायक प्रस्तुति बनाउने विश्वास गरिएको छ।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस