‘रुमाल फरर’ नयाँ दसैँ गीत सार्वजनिक, टिका सानु र टिकाराम श्रेष्ठको स्वरमा दसैँको रौनक
काठमाडौं। नेपालीहरूको महान् पर्व बडादसैँको घटस्थापनाको अवसर पारेर नयाँ दसैँ गीत ‘रुमाल फरर’ सार्वजनिक भएको छ। दसैँको उल्लास, गाउँघरको सम्झना र चाडपर्वको सांस्कृतिक महत्वलाई समेट्ने उद्देश्यसहित तयार पारिएको यस गीतमा लोकप्रिय गायिका टिका सानु र गायक टिकाराम श्रेष्ठको स्वर रहेको छ।
गीतमा रामु बिरही मल्लको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन विष्णु तामाङले गरेका छन्। सुमन रानाले रेकर्डिङ तथा कुमार रानाले मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। मारुनी डिजिटल स्टुडियोमा तयार पारिएको गीतकी निर्माता शर्मिला श्रेष्ठ हुन्।
गीतको निर्देशन टिकाराम श्रेष्ठले गरेका छन्। छायांकनमा सुशील अधिकारी र जितेन कापाली रहेका छन् भने सम्पादन तथा कलर ग्रेडिङको काम पनि टिकाराम श्रेष्ठले नै गरेका छन्। मेकअपको जिम्मेवारी नेहा पाङ्बोहाङ लिम्बुले सम्हालेकी छन्।
गीतमा शर्मिला थापा, टिकाराम श्रेष्ठ, वेदप्रसाद गौडेल, दीपक अधिकारी, सोजिका पन्त, सुप्रिया कार्की, नेहा पाङ्बोहाङ लिम्बु, विजय लामा, राम घिमिरे, प्रकाश शाही, बासु आचार्य, सुनिल धाजु, सुमन नेपाली, मन्दिरा अधिकारी र मिठो माझीलगायत कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारका रूपमा सुभानी श्रेष्ठले अभिनय गरेकी छन्।
गीतको व्यवस्थापन दीपक अधिकारीले गरेका छन् भने खानपान व्यवस्थापन शर्मिला श्रेष्ठले सम्हालेकी छन्। बिनोद श्रेष्ठ र सुदिप श्रेष्ठ सल्लाहकारका रूपमा रहेका छन्।
दसैँमा परदेशिएका आफन्त घर फर्किने प्रतीक्षा, गाउँघरको आत्मीयता, पिङ, जमरा र टीकाजस्ता सांस्कृतिक परम्पराले नेपालीहरूको मनमा विशेष स्थान ओगट्ने गर्छन्। ‘रुमाल फरर’ गीतले पनि दसैँको यही उल्लास र नेपालीपनलाई दर्शक तथा स्रोतामाझ पुर्याउने अपेक्षा गरिएको छ।
गीतका गायक तथा निर्देशक टिकाराम श्रेष्ठले गीतलाई माया गरिदिन, हेरेर प्रतिक्रिया दिन र आफ्नो परिवार तथा साथीभाइसँग साझा गरिदिन दर्शक तथा स्रोतामाझ आग्रह गरेका छन्।
‘रुमाल फरर’ गीत दसैँको अवसरमा नेपाली संगीतप्रेमी दर्शक तथा स्रोताका लागि नयाँ सांगीतिक प्रस्तुति बनेको छ।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस