नेसनल प्याव्सन भक्तपुरको लोक नृत्य प्रतियोगिता सम्पन्न

भक्तपुर/सूर्यविनायक वडा नं ५ मा रहेको यूनिटी स्कुलको आयोजनामा नेशनल प्याब्सन भक्तपुरको जिल्ला स्तरीय अन्तर विद्यालय सामुहिक तथा एकल लोक नृत्य प्रतियोगिता-२०८३ सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजकुमार जोशी प्रमुख आतिथ्यतामा सम्पन्न  प्रतियोगितामा विद्यार्थीहरूले नृत्यमार्फत आफ्नो कला, सीप र संस्कारलाई अभिव्यक्त गरेको धारणा राखे । 

कार्यक्रमका विशेष अतिथि तथा नेशनल प्याब्सन भक्तपुरका प्रमुख सल्लाहकार जी.बी. खड्काले युनिटी इङ्ग्लिस स्कुलले आयोजना गरेको कार्यक्रम उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले कार्यक्रमलाई उत्कृष्ट रूपमा सम्पन्न गरेकोमा आयोजक यूनिटी स्कुललाई विशेष आभार व्यक्त गर्दै नेशनल प्याब्सन भक्तपुरका आगामी बोर्ड कार्यक्रमहरू पनि आपसी सहकार्य र एकताका साथ सम्पन्न गर्ने बताए । 

विद्यालयका प्रधानाध्यापक बिपिन गुमान्जुले प्रतियोगितालाई कला, सिर्जना र अनुशासनको अभ्यासका रूपमा लिनुपर्ने बताए ।प्रतियोगितामा सामूहिक लोक नृत्यतर्फ प्रथम : इडेन गार्डेन स्कुल, द्वितीय : बिमल मेमोरियल विद्यापीठ, तृतीय : पाथिभरा एकेडेमी र सान्त्वना : प्रसादी पाठशाला विद्यालयले प्राप्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर गुमान्जुको अध्यक्षतामा कार्यक्रम  सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस
↑