तिजको अवसरमा विनायकमा एकल नृत्य प्रतियोगिता सम्पन्न

मध्यपुर थिमी, भक्तपुर/ विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमीमा हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा एकल नृत्य प्रतियोगिता २०८३ सम्पन्न भएको छ ।विनायक शिक्षा निकेतन ई. स्कूल मध्यपुर थिमी, भक्तपुरले संस्कृति, परम्परा र चाडपर्व  सम्बर्द्धन अनि संरक्षणमा विद्यार्थीहरुलाई प्रेात्साहन गर्ने उद्देश्यले महिलाहरुकाे विशेष पर्व हरितालिका तीजको अवसरमा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको  हो । मौलिक संस्कृतिको सकारात्मक सन्देश दिने सांस्कृतिक पर्वहरुको संरक्षण र प्रवर्द्धन तथा यी यस्ता पर्वहरुको मूल्य र महत्व दर्शाउन उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी गराए ।

 प्रतियोगितामा जुनियरतर्फ मानवी श्रेष्ठ प्रथम भइन् भने क्रमशः रुबी प्रजापति र पुर्णिमा मिश्र दोस्रो, तेस्रो स्थान प्राप्त गर्न सफल भइन् ।

त्यस्तै यस्तै सिनियर तर्फ आरजु ढुंगानाले प्रथम स्थान हासिल गर्दा सिंथिया बादेले दोस्रो, लियाना बस्नेत र श्रिया देउलाले तेस्रो पुरास्कार प्राप्त गरे । 

प्रतियोगितामा निर्णायकका रूपमा लामाे समयदेखि नेपाली माैलिक लाेक नृत्यकाे क्षेत्रमा अनवरत सक्रिय वरिष्ठ नृत्य निर्देशक अमरकृष्ण चन्दले जिम्मेवारी निभाएका थिए । 

कार्यक्रममा विद्यालयका प्रिन्सियल सुरेन्द्रविक्रम प्रजापतिले साँस्कृतिक विविधता भएको हाम्रो देश नेपालका सांस्कृतिक पर्वहरूलाई संस्कृतिको रुपमा मनाउनु पर्ने, संस्कृतिको माध्यमबाट आफ्नो मौलिकता, पहिचान र परम्परा वारे ज्ञान दिने उत्पादनशील कार्यहरू विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रम विद्यालयका शिक्षिका यमुना प्रजापतिकाे संयाेजनमा सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस
↑