रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म

"मैले पनि मेरो बालापन सम्झिएँ। रासायनिक मलको प्लास्टिक ओढेर गोठालो जाँदाका क्षण मस्तिष्क भरि नाँच्न थाले । आफ्नो बालापनको क्षण सबैलाई मिठो लाग्छ म पुगेँ बाख्राका पाठाहरु सँगै खेल्दै धैरीनी डाँडो र डुढे चौरमा बालापनका साथीहरु उर्मिला दिदी तलका रामु र पवित

फेरि एकपटक रोल्पा कै चर्चा शिखरमा छ।

हिजो यही माटोमा राज्य र विद्रोहका बीच बारुदको गन्ध फैलिएको थियो। यही भूमि माओवादी आन्दोलनको उद्गमस्थल र दशकौँसम्म द्वन्द्वको केन्द्र बन्यो। त्यसबेला रोल्पाको नाम सुन्नासाथ धेरैको मनमा युद्ध, पीडा र विभाजनका दृश्यहरू आउँथे।

 आज विद्रोह सकिएको दुई दशक भईसकेको छ । सूचना प्रविधि प्रयोगले समय फेरिएको छ। आज सामाजिक सञ्जालमा रोल्पाका तीन साना साथीहरूको उनीहरूको मित्रता र मौनता बालसुलभ व्यवहारले सबैको मन जितेको छ। टाढैबाट हेल्लो साथी हो !  के छ खबर ? भनेर भिडियो खिच्ने लोकेन पुनले बोलाउँदा पनि उनीहरूले कुनै शब्द बोलेका छैनन् । उनीहरूको मौनता नै सबैलाई आश्चर्य र प्यारो लागेको छ । भिडियोमा उनीहरूको बोली पनि सुनिन्न  । स्पष्ट अनुहार पनि देखिन्न । 

 उनीहरूले केवल आफ्नो सरल बाल्यकाल बाँडेका छन्, र त्यही सरलता र उनीहरूको मौनताले लाखौँ मानिसलाई आफ्नै बालापनमा फर्काइदिएको छ। सायद यही कारणले फेसबुकका भित्ताहरू आज आफ्ना-आफ्ना बाल्यकालका सम्झनाले भरिएका छन्। भावना पोख्ने क्रम रोकिएको छैन। आखिर, मानिस जतिसुकै ठूलो किन नहोस्, उसको सबैभन्दा सुन्दर सम्पत्ति उसले जिउँदो राखेको बाल्यकल नै हो। जसलाई पनि अति प्यारो लाग्छ आफ्नो बालपन। मैले पनि मेरो बालापन सम्झिएँ। रासायनिक मलको प्लास्टिक ओढेर गोठालो जाँदाका क्षण मस्तिष्क भरि नाँच्न थाले । मलको गन्ध नाकसम्म आयो । आफ्नो बालापनको क्षण सबैलाई मिठो लाग्छ म पुगेँ बाख्राका पाठाहरु सँगै खेल्दै धैरीनी डाँडो र डुढे चौरमा बालापनका साथीहरु उर्मिला दिदी तलका रामु र पवित्रा दिदीहरुसँगै ।ती तीन साना साथीहरू भोलिका कर्णधार हुन्। भोलि उनीहरू कोही स्वदेशमै रहनेछन् होला, कोही रोजगारी वा अध्ययनका लागि संसारका कुनाकाप्चासम्म पुग्लान्। तर जहाँ पुगे पनि आफ्नो जन्मभूमिको माटोको सुगन्ध, गाउँका उकालो-ओराली, साथीभाइसँग बिताएका ती निश्चल दिनहरू उनीहरूको स्मृतिमा सधैँ बाँचिरहून्। उनीहरूको निश्चल निष्कपट मित्रता समयसँगै झन् बलियो बनोस्। जीवनले उनीहरूलाई जता पुर्‍याए पनि बाल्यकालको त्यो आत्मीय सम्बन्ध कहिल्यै नटुटोस्।

उडी उडी चुप्पा, सबैलाई!

प्रतिकृया दिनुहोस