रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
ग्रेस नेपालको आयोजना, केएमसी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विभिन्न विशेषज्ञ सेवा तथा निःशुल्क औषधि वितरण
रजबास । ग्रेस नेपाल काभ्रेको आयोजनामा तथा केएमसी (काठमाडौं मेडिकल कलेज) अस्पताल, काठमाडौंको प्राविधिक सहयोगमा एवं रोशी गाउँपालिका–९ रजबासको समन्वयमा एक दिने बृहत नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । रोशी-९ रजबासस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय परिसरमा सञ्चालन गरिएको एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३७५ जना लाभान्वित भएका हुन् ।

शिविरमा कोलाबोरेसन क्युबेक नेपालको सहयोग तथा रोशी गाउँपालिका–९ वडा कार्यालयको समन्वय रहेको थियो। स्थानीय नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न विशेषज्ञ सेवाहरू निःशुल्क प्रदान गरिएको थियो।

शिविरमा जनरल मेडिसिन, महिला तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया (सर्जरी), हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त सेवा, ईसीजी, भिडियो एक्स–रे तथा प्रयोगशाला सेवाअन्तर्गत हेमोग्लोबिन, सुगर, युरिया, युरिक एसिड, पिसाब परीक्षण, गर्भ परीक्षण र रक्त समूह परीक्षणजस्ता सेवा उपलब्ध गराइएको थियो। आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको ग्रेस नेपालका सचीव राजेन्द्र लामिछानेले जनाएको छ ।

विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण, उपचार र स्वास्थ्य परामर्श प्रदान गरेको शिविरबाट लाभान्वित स्थानीयले आफ्नै गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन्।

शिविर सफल बनाउन सहयोग पुर्याउने विन्ध्यवासिनी माध्यमिक विद्यालय परिवार, रोशी गाउँपालिका–९ वडा कार्यालय, केएमसी (काठमाडौं मेडिकल कलेज) अस्पतालका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, कोलाबोरेसन क्युबेक नेपाल, सुनगाभा बालक्लब, जुनियर रेडक्रस सर्कल, रजबासका विद्यार्थी, स्थानीय समाजसेवी, स्वयंसेवक, सहयोगी दाता, सञ्चारकर्मी तथा सम्पूर्ण स्थानीयवासीप्रति ग्रेस नेपालका अध्यक्ष राजकुमार थापा मगरले आभार व्यक्त गरेका छन्।
आयोजक संस्थाले आगामी दिनमा पनि ग्रामीण समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ यस्ता मानवीय तथा स्वास्थ्यसम्बन्धी सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस