करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु

फोटो समाजिक सञ्जालबाट

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बुधबार बिहान करिब ११ः३० बजे विद्युतको पोल अड्याउन राखिएको स्ट्याण्ड नजिक पैदल हिँडिरहेकी भुम्लु गाउँपालिका–७ की  ४५ वर्षीया देवी उप्रेतीलाई करेन्ट लागि घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी टोली खटिई घटनास्थल सुरक्षित राखिएको थियो । साथै घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली  घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरी मुचुल्का पछि पोष्टमार्टमको लागि शव धुलिखेल अस्पताल ल्याउने प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस