रोशी खोला तर्ने क्रममा बगेर वृद्धको मृत्यु
कटुञ्जेबेशी । रोशी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–७ कटुञ्जेबेँसी निवासी करिब ७५ वर्षीय मोतिमान पाख्रिन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सोमबार दिउँसो रोशी गाउँपालिका–७ स्थित रोशी भिलेज नजिकबाट रोशी खोला तर्ने क्रममा पाख्रिन बगेका थिए । स्थानीयबाट खोलाले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कटुञ्जेबेँसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य थालेको थियो ।
खोजीका क्रममा पाख्रिनलाई रोशी गाउँपालिका–८ गिम्दीबेँसीस्थित रोशी खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
घटनाको कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट थप प्रहरी टोली घटनास्थल पुगेको छ । आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया सम्पन्न भएपछि शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याईने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस