याद गर
परिवर्तनका लागि उठेका मेरा आवाजलाई
तिमी विद्रोहको संज्ञा दिन्छौ भने,
आफूलाई क्रान्तिकारी हुँ भन्दै हिँड्छौ भने—
याद गर, साथी,
म त्यो इतिहास हुँ
जसले समयका हरेक घाउलाई आफ्नै रगतले लेखेको छ।
म त्यो ज्वाला हुँ
जसले अन्यायको अँध्यारो चिर्न विद्रोहको आगो बोकेको छ।
मलाई निष्ठाको पाठ नपढाऊ, साथी।
मेरो निष्ठा किताबका अक्षरले होइन,
मेरो रगतले प्रमाणित गरेको सत्य हो।
मेरो संस्कारले मलाई सिकाएको छ—
सत्यबाट विचलित हुनु हार हो,
र अन्यायसँग सम्झौता गर्नु मृत्यु।
म शङ्कामा होइन, विश्वासमा बाँच्न जान्दछु।
तर विश्वासघातको सामु
मेरो मौनता पनि विद्रोह बन्छ।
अन्योलको भीडमा हराएर बाँच्नुभन्दा,
सत्यको बाटोमा एक्लै उभिनु
मेरो स्वाभिमान हो।
सायद तिमीले नचिनेको मेरो परिचय यही हो, साथी—
म खुला आकाशको पन्छी हुँ।
मेरा पखेटा कसैको अनुमतिले होइन,
मेरो आत्मसम्मानले फैलिएका हुन्।
म स्वतन्त्र जन्मिएको हुँ,
स्वतन्त्र नै बाँच्नेछु।
किनकि मेरा लागि
स्वतन्त्रताको एक सास
हजारौँ दासताका जीवनभन्दा महान् छ।
पेरिस , फ्रान्स
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस