राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
पनौती । धुलिखेलस्थित राधाकृष्ण बिस्कुट इन्डस्ट्रिजले सामाजिक उत्तरदायित्व अन्तर्गत प्राणनाथ माइती वृद्धाश्रम र मानव सेवा मानव कल्याण सेवा बाल आश्रमलाई बिस्कुट सहयोग गरेको छ।
राधाकृष्ण बिस्कुट इन्डस्ट्रिजले पनौती नगरपालिका–७ स्थित प्राणनाथ माइती वृद्धाश्रममा आश्रित असहाय तथा अशक्त वृद्धवृद्धाका लागि करिब २० हजार बराबरको बिस्कुट उपलब्ध गराएको हो। त्यसैगरी, मानव सेवा मानव कल्याण सेवा बाल आश्रममा आश्रित बालबालिकाका लागि करिब १७ हजार बराबरको बिस्कुट सहयोग गरिएको छ।
राधाकृष्ण बिस्कुट इन्डस्ट्रिजका म्यानेजर जीवन बस्नेतले दुवै संस्थामा पुगेर सहयोग सामग्री हस्तान्तरण गरेका थिए। उनको पहलमा धुलिखेल–५ स्थित राधाकृष्ण बिस्कुट इन्डस्ट्रिजले उपलब्ध गराएको बिस्कुट एक कार्यक्रमका बीच वृद्धाश्रममा आश्रित वृद्धवृद्धा तथा बाल आश्रममा रहेका बालबालिकालाई वितरण गरिएको हो।
इन्डस्ट्रिजका प्रोप्राइटर दिलिप श्रेष्ठले साउनको वर्षायाममा आश्रित वृद्धवृद्धा र बालबालिकालाई पौष्टिक आहारका रूपमा राहतस्वरूप सहयोग गरिएको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
म्यानेजर बस्नेतले समाजका असहाय नागरिकलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै भविष्यमा पनि यस्ता मानवीय कार्यमा निरन्तर साथ रहने बताए।
हाल प्राणनाथ माइती वृद्धाश्रममा देशका विभिन्न स्थानबाट आएका ४६ जना वृद्धवृद्धा आश्रित रहेका छन् भने मानव सेवा मानव कल्याण सेवा बाल आश्रममा ३६ जना बालबालिका आश्रित रहेका छन्।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस