रोशीमा २४ जानालाई श्रवण कुमार पुरस्कार
काभ्रे । जिल्लाको रोशी गाउँपालिकाले बृद्धबृद्धा अभिभावकहरूको उचित हेरचाह तथा पालनपोषण गर्ने सन्तानलाई ‘श्रवण कुमार पुरस्कार’ प्रदान गरेको छ ।
गाउँपालिकाका १२ वटै वडाबाट छनोट भएका उत्कृष्ट २४ जना सन्तानलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मानपत्र सहित सम्मान प्रदान गरिएको हो ।
पछिल्लो समयमा बृद्धबृद्धा अभिभावकको बिचल्ली गर्नेहरूको संख्या बृद्धि हुदै गएको अवस्थामा गाउँपालिकाले त्यस्तो व्यवहार न्युनिकरण गर्न पुरस्कारको स्थापना गरेका थिए ।
रोशी गाउँपालिकाको १२ वटा वडाको ज्येष्ठ नागरिकको उत्कृष्ट पालनपोषण गर्ने दुई-दुई जना सन्तान वा परिवारका सदस्यहरूलाई उनीहरूको कर्तव्य परायणताको कदर गर्दै सम्मानित गरिएको थियो । गाउँपालिकाले वडा नं १ बाट लक्ष्मी मायाँ तामाङ र दिक्षा सिलवाल, वडा नं. २ बाट अमृत लामा र हरी बहादुर थापा, वडा नं. ३ बाट यशोदा थापा क्षेत्री र सिता कुमारी आले थापा मगर, वडा नं. ४ बाट तिर्थ कुमारी जिमी र काहिला लामा, वडा नं. ५ बाट पवा सिद्धि लामा र फूलमायाँ तामाङ र वडा नं. ६ बाट अरुणा मैनाली र माइली मायाँ तामाङ सम्मानित भएका छन् । त्यस्तै वडा नं. ७ बाट नवराज दुलाल र राम प्यारी श्रेष्ठ, वडा नं. ८ बाट खड्ग बहादुर शाही र जमुना तामाङ, वडा नं. ९ बाट गोमा लुंगेली मगर र अर्जुन शाही, वडा नं. १० बाट चेत बहादुर लामा र छेगुदोर्जे तामाङ, वडा नं. ११ बाट सुर्य बहादुर तामाङ र मिन बहादुर सिदाली मगर र वडा नं. १२ बाट सेतु मायाँ वाइवा र राजकुमार मगर सम्मानित भएका छन् ।
समाजमा अहिले नैतिकता र आदर्श व्यक्तिहरू थोरै र स्वार्थी व्यक्तिहरू धेरै रहेकोले आफ्नो अभिभावकलाई हेरचाह र पालनपोषण गर्ने सन्तानलाई सम्मान गरेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । नैतिक र आदर्श समाज निर्माणमा यसले थोरै भएपनि सकारात्मक भूमिका खेल्नेमा उनको जोड थियो ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले आफ्नो बुढेसकालमा बृद्धबृद्धा अभिभावकलाई अलपत्र पार्ने अवस्था आउन नदिन राम्रो पालनपोषण गर्ने सन्तानलाई सम्मान गरेको बताए ।
गाउँपालिकाका प्रवक्ता वसन्तकुमार स्याङ्तानले आफ्नो अभिभावक भन्दा ठुलो मार्गदर्शक अरु हुनै नसक्ने बताए । बा-आमाको पिडा आफु बा-आमा भएपछि मात्र बुझ्ने उनको भनाई छ । जीवनभर आफ्नो सन्तानलाई दिएका अभिभावक बुढेसकालमा हेलामा बस्नु नपरोस् भन्ने हेतुले सम्मान गरेको उनले बताए ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस