सप्तरीमा ग्रेस नेपालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
सप्तरी । काभ्रे जिल्लाको बनेपामा अवस्थित ग्रेस नेपालको आयोजनामा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–२, भेडियास्थित जनता माध्यमिक विद्यालय परिसरमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट सुरुङ्गा नगरपालिका, लाहान नगरपालिका तथा उदयपुर जिल्लाका विभिन्न क्षेत्रका एक हजार ४ सय ३७ जना भन्दा बढी सेवाग्राही लाभान्वित भएका हुन ।

असार २९ र ३० गते सञ्चालन भएको उक्त शिविर कोलाबोरेसन क्युबेक–नेपालको आर्थिक सहयोग, नोबेल शिक्षण अस्पताल, विराटनगर (मोरङ) को प्राविधिक सहयोग तथा सुरुङ्गा नगरपालिका वडा नं. २ को समन्वयमा सम्पन्न भएको हो।
शिविरमा जनरल मेडिसिन, नाक–कान–घाँटी, दन्त रोग, बाल रोग, आँखा परीक्षण, हाडजोर्नी तथा नशा रोग, शल्यक्रिया तथा सर्जरी, प्रजनन तथा स्त्रीरोग, ई.सी.जी. सेवा, भिडियो एक्स–रे तथा प्रयोगशाला (ल्याब) सेवा लगायतका विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविर स्थानीयवासीका लागि अत्यन्त फलदायी बनेको आयोजकले जनाएको छ।
शिविरको समापन समारोहलाई सम्बोधन गर्दै श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सत्यनारायण चौधरीले यस प्रकारको स्वास्थ्य शिविरले स्थानीय जनतालाई ठूलो राहत पुगेको उल्लेख गरे । गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएकोमा ग्रेस नेपाल, प्राविधिक सहयोग गर्ने नोबेल शिक्षण अस्पताल र कार्यरत चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति पनि धन्यवाद व्यक्त गरे ।
त्यसैगरी नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकारी नवीन दाहालले ग्रेस नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रतिकूल मौसमका बाबजुद शिविर सफलतापूर्वक सम्पन्न गराउन ग्रेस नेपालले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताए । यस्ता सामाजिक तथा मानवीय कार्यको जति प्रशंसा गरे पनि कम हुने उनको धारणा छ
कार्यक्रमका अवसरमा ग्रेस नेपाल, काभ्रेले स्वास्थ्य शिविर सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउने श्री जनता माध्यमिक विद्यालय, नोबेल शिक्षण अस्पताल तथा त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेको थियो। संस्थाका अध्यक्ष राजकुमार थापाले प्रशंसापत्र प्रदान गरेका थिए ।
संस्थाका सचिव राजेन्द्र लामिछाने मगरले खादा ओढाई सम्मान गरेका थिए ।
शिविर सफल बनाउन आर्थिक सहयोग उपलब्ध गराउने कोलाबोरेसन क्युबेक–नेपाल, साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी, स्वयंसेवक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित सबैप्रति ग्रेस नेपालका कार्यकारी निर्देशक श्याम थापा मगरले हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
समापन कार्यक्रम ग्रेस नेपालका अध्यक्ष राजकुमार थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन ग्रेस नेपालका उपाध्यक्ष साधुराम राना मगरले गरेका थिए ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस