रोशीका तीन स्वास्थ्य चौकीमा सोलार
रोशी । रोशी गाउँपालिकाका तीन स्वास्थ्य चौकीमा ५ किलोवाट क्षमताका सोलार प्रणाली जडान गरिएको छ। बर्थिङ सेन्टरसहितका स्वास्थ्य संस्थामा सोलार जडान भएपछि विद्युत् अवरोधका बेला पनि स्वास्थ्य सेवा, विशेषगरी प्रसूति सेवा, थप सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।
अष्ट्रेलियन दूतावासको आर्थिक सहयोग, नविकरणीय ऊर्जा परिसंघ नेपालको समन्वय तथा सनशाइन इनर्जी प्रालिको प्राविधिक सहयोगमा रोशी गाउँपालिका–६ स्थित सिपाली चिलाउने स्वास्थ्य चौकी, वडा नं. ७ को कटुञ्जेबेशी स्वास्थ्य चौकी र वडा नं. ९ को मंगलटार स्वास्थ्य चौकीमा सोलार प्रणाली जडान गरिएको हो।
नविकरणीय ऊर्जा परिसंघ (रेकन)का पूर्वउपाध्यक्ष तथा सनशाइन इनर्जी प्रालिका प्रबन्ध निर्देशक उत्तम सिटौलाले बाढी तथा विपद्का कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले सोलार जडान गरिएको बताए। उनका अनुसार विद्युत् नहुँदा पनि सोलार प्रणालीले करिब ४ देखि ५ घण्टासम्म सेवा सञ्चालन गर्न सक्नेछ। साथै, दिउँसो घाम लागेका बेला सोलारबाटै प्रत्यक्ष विद्युत् आपूर्ति हुने भएकाले विद्युत् महसुलसमेत घट्ने उनले जानकारी दिए।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सोलार सहयोग गर्ने सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै सीमित स्रोत–साधनका बाबजुद विभिन्न साझेदार संस्थासँगको सहकार्यबाट नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रयास भइरहेको बताए। उनले सोलार प्रणाली जडान भएपछि विशेषगरी बर्थिङ सेन्टरमा प्रसूति सेवा थप सुरक्षित, सहज र निरन्तर हुने विश्वास व्यक्त गरे। गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवा सुदृढीकरणका लागि यस्ता साझेदारीलाई निरन्तरता दिने जनाएको छ।
स्वास्थ्यचौकीमा सोलार जडान भइ हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस