अमेरिकामा दुर्घटनामा परि मिलन महर्जनको निधन, अन्त्येष्टी खर्चको लागि नेपाली समुदायमा आह्वान

अमेरिका। अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परि एक नेपालीको निधन भएको छ । 
टेक्सासस्थित टेम्पल सहरमा भएको एक सडक दुर्घटनामा ३७ वर्षीय नेपाली नागरिक मिलन महर्जनको दुखद निधन भएको हो । काममा जाँदै गरेका महर्जन दुर्घटनामा परी ज्यान गुमाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
टेम्पल प्रहरीका अनुसार मिलनले चलाइरहेको गाडी जुन १४, २०२६ को बिहान सबेरै डब्लु एडम्स एभिन्यू र एनडब्लु एचके डोजेन लुपको चौबाटोमा रहेको पोलमा ठोक्किएको थियो。 दुर्घटनालगत्तै गाडीमा आगलागी भएको थियो र घटनास्थलमै उनको ज्यान गएको थियो ।मिलन महर्जन एक जिम्मेवारप्रति, समर्पित तथा सबैको सुखदुःखमा साथ दिने सहयोगी र मिलनसार व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो उहाँको अचानक निधनले परिवार, आफन्त तथा नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

उहाँको निधनपछि श्रीमती गहिरो शोकमा हुनुहुन्छ। अमेरिकामा मिलन नै उहाँको एक मात्र नजिकको परिवार हुनुहुन्थ्यो। जीवनसाथी, साथी र भरोसाको आधार गुमाएकी श्रीमतीले अहिले अन्त्येष्टि खर्च, घरको मोर्टगेज तथा दैनिक जीवनका विभिन्न आर्थिक जिम्मेवारीहरू एक्लै सम्हाल्नुपर्ने अवस्था आएको छ।

यता नेपालमा रहेका आमाबुबा तथा परिवारजन पनि आफ्नो प्रिय छोरा गुमाएको पीडामा छन्। परिवारमाथि आइपरेको यो बज्रपातले दुवै देशमा रहेका आफन्त र शुभेच्छुकहरूलाई मर्माहत बनाएको छ।

यस कठिन घडीमा परिवार तथा शुभेच्छुकहरूले सम्पूर्ण नेपाली समुदाय, साथीभाइ तथा सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेका छन्। सहयोगको रकम सानो वा ठूलो जे भए पनि यसले शोकमा परेका परिवारलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

go fund

 

प्रतिकृया दिनुहोस