आखिर किन खाली हुँदैछ गाउँ घर?
जहाँ रोजगारीको सम्भावना हुन्छ, त्यहीँ बस्ती बस्छ। ५५०० फिट उचाइको सगरमाथाको फेदी देङ्बोचेमा होटल छ। मानव बस्ती पनि छ । नदिको किनार,भीर पहरा काटेर राजमार्ग छेउ शहर बसाईन्छ। मुग्लिन, दोलालघाट जस्ता स्थानमा मानिसहरू बस्न थालेको कारण त्यही हो। त्यसैले ग्रामीण
हुन त बसाइँ सर्ने कुरा कुनै नौलो होइन । हजारौं बर्ष देखि मानिस हिडिरहेकै छन् । मङ्गोलिया र गोबी मरुभूमि पार गर्दै चीन, तिब्बत र हिमश्रृखलाहरु छिचोल्दै विभिन्न समयमा मङ्गोल जातिहरूको नेपालमा आगमन भयो ।
पुरातत्वविद जनकलाल शर्माको पुस्तक “हाम्रो समाज एक अध्ययन” मा उल्लेख भए अनुसार बुढानिलकण्ठको बानियाँ गाँउ र पण्डित गाँउका बीच धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरू फेला पारेका थिए, जुन हतियारहरू ३० हजार वर्ष पुरानो भएको दावी छ । प्राप्त ढुङ्गाका हतियारहरू मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत र हिमालय पर्वत हुँदै काठमाडौँ सम्म लिएर आएको भन्ने छ ।
युरोप, अफ्रिका ककेसिय पहाड हुँदै नेपालसम्म खस,आर्यहरू पनि भित्रिएयो भन्ने कुरा समाजशास्त्रीहरू बताउँछन् । कुनै समय यस्तो थियो, जब पहाडबाट तराई झर्नेहरूको ताँती नै लाग्दथ्यो । झापा, चितवनदेखि कञ्चनपुरसम्मका भूभागहरूमा सम्भावनाको खोजी गर्दै मानिसहरू दैनिकरूपमा पुग्थे ।
त्यहीँ समय, चितवनका जेबी टुहुरेले गाएका थिए
“बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ,
लाखौंको लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ !”
गीतले आज पाँच दशक नाघिसकेको छ, तर नेपालीको नियति अझै उस्तै छ ।
जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरण अनुसार नेपालको ७५.५ लाख भन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए । मानिसहरूको बसोबास हुने ५४ लाख १६ हजार घरहरूमध्ये पाँच लाखजति खाली पाइएका हुन् । रिक्त घरहरू मुख्यतः हिमाली र पहाडी क्षेत्रका ग्रामीण भेगमा रहेको छ । मानिस बसोबास रहेको घरमा पनि बृद्धअबश्थाका बुढा बुढी र केही स्कुलले केटाकेटी मात्रै छन् । भएको घरहरुमा पनि कतै तालामा खिया लागेको छ, कतै घर जिर्ण जिर्ण अवस्थामा पुगेका छन् ।.jpeg)
अब प्रश्न उठ्छः के ती खिया लागेको तालाहरू भोलि फेरी खुल्नेछन् त ? के हामी ती घरहरू फर्केर पुनः बास बस्नेछौं? यी यथार्थ प्रश्न हुन् ।
गाउँ खाली हुनुका मुख्य कारणहरूः
१) शिक्षा र आकांक्षाको वृद्धि : शिक्षित जनसंख्या बढेपछि जीवनस्तर माथि उठाउने चाहना पनि बढ्यो । गाउँमा त्यो स्तर प्राप्त गर्न कठिन भयो ।
२) निजीकरण र रोजगारीको संकट : राज्य स्वामित्वका कलकारखाना उदारीकरण पछि निजीकरणको नाममा धमाधम बन्द भए । लाखौंले जागिर गुमाए । वैकल्पिक रोजगारीका विकल्पहरू नहुँदा पहाडका मानिस सहर र विदेश जान बाध्य भए ।
३) अवसरको अभाव : सिमित स्रोत साधनको उपयोग हुन नसक्दा,उचित मूल्य नपाउदा, कृषि, घरेलु उद्योग वा साना उद्यमले मानिसलाई गाउँमै रोक्न सकेन ।
४) वैदेशिक रोजगारी :घरको सक्रिय उमेर समूहको जनसंख्या वैदेशिक रोजगारीमा गयो । बाँकी वृद्ध र केटाकेटीलाई टिक्न हम्मे–हम्मे भयो ।
५) शहरीकरणको आकर्षण : शिक्षा, स्वास्थ्य, बजार र सहज जीवनका लागि मानिसहरू गाउँबाट सहर सरे। गाउँको जनसंख्या घट्दै गयो ।
६) राज्यको उपेक्षा :प्रदेश र स्थानीय तहहरू बलिया हुन नसक्दा सेवा, पूर्वाधार र अवसरको विकास सम्भव भएन ।
७) उत्पादकत्वको गिरावट :प्राध्यापक योगेन्द्रबहादुर गुरुङका अनुसार “गाउँ रित्तिनुको मुख्य सम्बन्ध उत्पादनशक्ति सँग हो । जब उत्पादन गर्न सक्ने जनशक्ति र अवसर हराउँछ, गाउँमा बसोबासको आधार सकिन्छ ”।
समाधानका उपायहरूः.jpeg)
१) अवसर सिर्जना र सेवा सुविधा : मानिसलाई गाउँमै रोक्नको लागि त्यहाँ पर्याप्त अवसर र आधारभूत सेवा–सुविधा आवश्यक छ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार आदि आदि ।
२) स्थानीय सरकारको सशक्तीकरण : स्थानीय र प्रदेश तहलाई कार्यक्षमता सम्पन्न र अधिकारयुक्त बनाउनुपर्छ, जसले रोजगारी र सेवा दुवै प्रवाह गर्न सक्छ ।
३) एकीकृत बस्ती र पूर्वाधार :सरकारले सेवा सुविधा सहितको एकीकृत बस्तीको अवधारणामा लगानी गर्नुपर्छ, जसले कम लागतमा धेरै सुविधा दिन सक्छ ।
४) पर्यटन र सम्पदाको उपयोग :पहाडको प्राकृतिक र सांस्कृतिक,धार्मिक सम्पदालाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्न सकिन्छ । होमस्टे, पदयात्रा मार्ग, सांस्कृतिक पर्यटन आदिमा पर्याप्त लगानी हुनुपर्छ ।
५) घरेलु उद्योग र साना उद्यम : स्थानीय उत्पादनलाई बढावा दिँदै अचार उद्योग,देखि गार्मेन्ट, हस्तकलालगायतका उद्योग सम्म लगानी गर्न सकिन्छ ।
६) कृषिमा आधुनिकता :हाम्रो कृषि अझै पनि परम्परागत प्रविधिमा आधारित छ । भूमिको खण्डकरण र निजित्वका कारण उत्पादनशिलता घटेको छ । जसमा धेरै जनशक्ति खर्च भए पनि उचित प्रतिफल प्राप्त हुन सक्दैन । राज्यले भूमिअधिकार सम्बन्धी स्पष्ट र दीर्घकालीन नीति बनाई, सिँचाइ, बीउबिजन, आधुनिक कृषि उपकरण तथा बजार व्यवस्थापनमा लगानी गर्दै कृषि उत्पादनलाई प्राथमिकता दिनु आवश्यक छ ।.jpeg)
निष्कर्षः
नेपालको गाउँ घर खाली हुदै जानुमा भौगोलिक स्थानान्तरणको कुरा मात्र होइन, यो आर्थिक, सामाजिक, राजनीतिक र संरचनागत समस्याको प्रतिफल पनि हो । शिक्षा, रोजगारी, सेवा–सुविधा र अवसरको खोजीमा मानिसहरू गाउँ छोड्दै सहर र विदेशतर्फ आकर्षित भइरहेका छन् ।
यदि तत्काल ठोस नीति, सशक्त स्थानीय शासन, आधुनिक कृषि प्रविधि, उद्योग–व्यवसायको विस्तार, पर्यटन प्रवद्र्धन र आधारभूत सेवा,सुविधाको पहुँच सुनिश्चित गरिएन भने गाउँको रित्तोपन अझ गहिरिनेछ ।
जहाँ रोजगारीको सम्भावना हुन्छ, त्यहीँ बस्ती बस्छ । ५५०० फिट उचाइको सगरमाथाको फेदी देङ्बोचेमा होटल छ । मानव बस्ती पनि छ । नदिको किनार,भीर पहरा काटेर राजमार्ग छेउ शहर बसाईन्छ । मुग्लिन, दोलालघाट जस्ता स्थानमा मानिसहरू बस्न थालेको कारण त्यही हो । त्यसैले ग्रामीण बस्ती खाली हुनुमा राज्यको नीति, कमजोरी र दृष्टिकोण जिम्मेवार छ ।
आजको आवश्यकता भनेको गाउँलाई संभावनाको केन्द्र बनाउनु हो, गाउँ समस्या होइन । त्यसका लागि अब प्रश्न मात्रा होइन, कार्यको सम्बादन गर्ने र गम्भीर हुने समय हो ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु



प्रतिकृया दिनुहोस