सुन्तलीको जन्मदिनमा धुर्मुसको भावुक पत्र:डोजर चल्दा तिम्रो मन भत्किएको थियो कान्छु
प्रिय कान्छु,
आज तिम्रो जन्मदिन। यो शुभ दिनमा भगवानसँग मेरो एउटै प्रार्थना छ—वर्षौंदेखि हराएको तिम्रो त्यो मुस्कान र मनभरिको खुसी फेरि पहिलेझैँ फर्काइदिऊन्।
आफू निर्दोष हुँदाहुँदै पनि तिमीले भोग्नुपरेका पीडा, अपमान र अन्याय सम्झँदा आज पनि मेरो मन पोलिरहन्छ। आफ्नै सन्तान बिरामी अवस्थामा हुँदा पनि अर्काको काखमा सुम्पेर समाज र देशका लागि तिमीले गरेको त्याग र योगदानको मूल्याङ्कन कुनै न कुनै दिन अवश्य हुनेछ भन्ने विश्वास अझै बाँकी छ।
मलाई माफ गर है। रंगशाला बनाउने मेरो हठका कारण तिमीले बच्चाको उपचारभन्दा माथि उठेर मलाई साथ दिनुपर्यो। यदि मैले तिमीलाई त्यसरी जिद्दी नगरेको भए, सायद आज तिम्रो अनुहारमा पहिलेजस्तै मुस्कान झल्किरहेको हुन्थ्यो।
मलाई अझै याद छ, रंगशालामा डोजर चलिरहेको बेला तिमी सहयोग सङ्कलन गरिरहेकी थियौ। उता डोजर चलिरहेको थियो, यता तिम्रो मन भित्रभित्रै भत्किरहेको थियो। त्यही बेला तिमीले भनेकी थियौ—
"यो रंगशाला बनाउने हाम्रो काम होइन। हामीले बस्ती बनायौँ, अब पुग्यो। अब छोरीको उपचारमा लाग्नुपर्छ। यसले हामीलाई धेरै रुवाउँछ, अब नगरौँ।"
तर मैले फेरि पनि जिद्दी गरेँ। "अब यस्ता घटना दोहोरिँदैनन्" भनेर तिमीलाई अघि बढ्न बाध्य बनाएँ।
त्यसपछि महायज्ञ आयोजना भयो। सुरुवाती दिनहरूमा अपेक्षाअनुसार सहयोग सङ्कलन हुन सकेन। त्यही बेला तिमीले केवल माहोल बनाउन र सबैलाई हौसला दिन,
"अन्तिममा पैसा पुगेन भने घर नै बेचेर भए पनि बनाउँछु।"
भनेकी थियौ। तर तिम्रो त्यही भावनात्मक अभिव्यक्तिलाई यति धेरै ट्रोल र गलत अर्थ लगाइयो कि त्यसले तिमीलाई पलपल दुखाइरह्यो।
बोलेका र कबोल गरेका रकम धेरैले नदिँदा चरम आर्थिक संकट आयो। रकम सङ्कलन गर्न मेची–महाकाली अभियानबाट फर्किएपछि रंगशालाको प्याराफिटमा बसेर तिमीले भनेका ती शब्दहरू आज पनि मेरो कानमा गुञ्जिरहन्छन्—
"बुढु, यहाँ राजनीति छिरिसक्यो। अब हामी यहाँबाट हिँड्नुपर्छ। अहिले पाँच करोड रुपैयाँ मात्रै ऋण छ। बरु घर बेचेर ऋण तिरौँ, तर यहाँ नबसौँ।"
तर फेरि पनि मैले तिम्रो कुरा सुनिनँ। मैले नै जिद्दी गर्दै भनेँ—
"अहिले त हामी जमिनमुनि नै छौँ। कम्तीमा पाँच हजार क्षमताको प्याराफिट बनाएर खेल सञ्चालन हुने अवस्थासम्म पुर्याएर मात्र छोडौँ।"
यदि त्यसबेला मैले तिम्रो कुरा मानेको भए, सायद आज १८ करोडको भारी हाम्रो काँधमा हुने थिएन।
आज एउटातिर छोरी गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी छिन्, अर्कोतिर तिमी मलाई सम्हाल्दै, आफैँलाई सम्हाल्दै हाम्रो परिवारको बलियो खम्बा बनेर उभिएकी छौ।
तिमीले खाएका गाली, भोगेका पीडा, सहेका अपमान र हरेक कहालीलाग्दा क्षणमा म विवश भएर हेर्नुबाहेक केही गर्न सकिनँ। त्यो असहायपनले आज पनि मलाई भित्रभित्रै जलाइरहन्छ।
आज तिम्रो जन्मदिनको यो पावन अवसरमा भगवानसँग मेरो एउटै कामना छ—हामीले न्याय पाऔँ, तिम्रो हराएको मुस्कान फेरि फर्कियोस्, हाम्रो जीवन फेरि पहिलेझैँ सुख, शान्ति र खुसीले भरियोस्।
हामीलाई आफ्नै माटोमा दुःख साट्ने अवसर मिलोस्। मायाकी खानी, हाम्रो सुभिहानीको उपचार सफलतापूर्वक सम्पन्न गर्न सकौँ। वर्षौँदेखिका सबै आँसु, पीडा र संघर्षको अन्त्य भएर हाम्रो परिवारमा फेरि उज्यालो बिहान उदाओस्।
फेरि एकपटक जन्मदिनको अनन्त शुभकामना, कान्छु। भगवानले तिमीलाई दीर्घायु, स्वस्थ जीवन र पहिलेजस्तै उज्यालो मुस्कान सधैँभरि कायम राखून्। ❤️happy birthday dear kunjana! Love u so much dear❤️
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस