म धेरै बोल्न सक्दिन शक्ति छैन
आशाको डोरी भने अझै मरेको छैन — जबसम्म सास चलिरहन्छ, तबसम्म आशा बाँकी नै रहन्छ। तर पनि, आफ्नै अगाडि मृत्युले गिज्याइरहेको महसुस हुन्छ।
( क्यान्सर बिरामी )
सबै सबैमा ????
यतिबेला म क्यान्सरसँग जुधिरहेकी छु। मसँग धेरै समय नहुन पनि सक्छ। यसलाई मैले सजिलै स्वीकार्नुपर्छ, किनभने दिनदिनै मेरो अवस्था नाजुक हुँदै गएको छ। पटक–पटक खराब रिपोर्टहरू आउनु यसको मुख्य कारण हो।
आशाको डोरी भने अझै मरेको छैन — जबसम्म सास चलिरहन्छ, तबसम्म आशा बाँकी नै रहन्छ। तर पनि, आफ्नै अगाडि मृत्युले गिज्याइरहेको महसुस हुन्छ। यसलाई जित्न कुन उपाय अपनाउने, कोसँग गुहार माग्ने — म मागिरहेको छु। अहिले म अस्पतालको बेडमै छु।
मेरो शरीरको platelet मात्रा सामान्यतः १ लाख ५० हजारदेखि ४ लाख ५० हजारसम्म हुनुपर्छ। तर अहिले त्यो घटेर १० हजारमा पुगेको छ। पटक–पटक सेतो रगत (platelet) चढाउँदा पनि स्तर माथि आएको छैन। यसका कारण कहिले शरीरबाट रगत बग्ला भन्ने डरले सताइरहेको छ। शरीरमा निलडाम (नीलो डाबर) र त्यसका निशानहरू देखिएका छन्।
मानव जीवन कहिल्यै स्थायी हुँदैन। ढिला या छिटो सबैलाई मृत्यु निश्चित छ — कोही गर्भमै जान्छन्, कोही बाल्यकालमै, कोही युवावस्थामा र कोही वृद्धावस्थामा। तर पनि मन मानिरहेको छैन, किनभने मेरो कर्तव्य अझ बाँकी छ। जीवनका प्रत्येक क्षण श्रीमानसँग बिताउने, छोराछोरीलाई मेरो आवश्यकता पर्ने बेला सम्म साथ दिन पाउने मेरो इच्छा थियो। सकेसम्म आफ्ना आफन्त, छरछिमेक र समाजलाई सहयोग गर्न चाहन्थेँ।
अहिले आर्थिक रूपमा पनि कठिन समय आएको छ। मैले सहकारीमा जम्मा गरेको सानो रकम पनि पाएकी छैन। सहकारीका संचालककै भाइले मनोमानी ढंगले रकम अपचलन गरेका छन्। यस्तो गम्भीर अवस्थामा पनि रकम नपाउँदा अत्यन्त पीडित भएकी छु।
क्यान्सर यस्तो रोग रहेछ — सुरुको चरणमै पत्ता लागे उपचार सम्भव हुन्छ, तर चौथो चरण पार भएपछि निको पार्न निकै कठिन हुन्छ। म नियमित फलोअपमै थिएँ, तर १५ वर्षपछि रोग बल्झियो। अहिले म राजीव गान्धी क्यान्सर अस्पताल, दिल्लीमा छु।
नेपालमा बालकुमारी, काठमाडौंमा रहेको अर्बुद रोग निवारण केन्द्र (Cancer Prevention Center) देशभरका शाखाहरूसहित क्यान्सरबारे जनचेतना फैलाइरहेको छ। म पनि कास्की शाखामा सहसचिव भएर कार्यरत थिएँ। साथै, थाहा फाउन्डेसनकी अध्यक्षको रूपमा हजारौं महिलाको पाठेघर र स्तनको स्वास्थ्य परीक्षण गराउन सहयोग गरेँ। त्यतिबेला आफूले ठूलो काम गरेजस्तो, आमाहरूलाई बचाउन पाएको अनुभव भएको थियो।
मलाई विशेष सहयोग बी.पी. कोइराला क्यान्सर अस्पताल भरतपुर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको छ — तिनीहरूलाई हार्दिक धन्यवाद। यस्ता कामहरूमा सरकारले पनि अझ ध्यान दिनु अत्यावश्यक छ। भक्तपुर क्यान्सर अस्पतालले पनि जनचेतनामूलक कार्यहरू गरिरहेको छ।
सबै जना सजग हुनु जरुरी छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै नलाग्ने उपाय अपनाउनु ठूलो कुरा हो। क्यान्सर सुरुमा पत्ता लाग्दा र पछि पत्ता लाग्दा उपचारमा आकाश–जमिनको फरक पर्छ। बिरामी मात्र होइन, पूरा परिवार नै रोगसँग लड्नुपर्छ — यो कुरा मैले आफैं भोगेकी छु।
अहिले म फोन वा म्यासेन्जर कल उठाउन सक्दिनँ। धेरैजसोले कल गर्नुहुन्छ, तर धेरै बोल्दा मेरो शक्ति घट्ने भएकाले सबैसँग बोल्न नसकेकी हुँ। मलाई थाहा छ, तपाईंहरूले मेरो स्वास्थ्य लाभको कामना गर्नुभएको छ — त्यो नै मेरो लागि ठूलो कुरा हो। म निको भएँ भने यी सबै कुरा प्रत्यक्ष भेटेरै भन्न सक्नेछु। म पनि त्यसैको प्रतीक्षामा छु।
राजीव गान्धी क्यान्सर अस्पताल, सेक्टर–५ दिल्ली भारत
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु



प्रतिकृया दिनुहोस