अमेरिकाको न्युयोर्कमा सोनाम ल्होछार सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम हुने
अमेरिका । अमेरिकाको न्युयोर्कमा सोनाम ल्होछार विशेष सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम हुने भएको छ ।
तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा सोनाम ल्होछार विशेष सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम आउँदो फेब्रुअरी ७ (शनिबार) आयोजना हुने भएको हो । .jpeg)
अमेरिकाको न्युयोर्क स्टेट वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा तामाङ समुदायको भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइनेछ। साथै आपसी सद्भाव, एकता र सांस्कृतिक मेलमिलापलाई थप मजबुत बनाउने उद्देश्य रहेको आयोजकको भनाइ छ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, शुभकामना आदान–प्रदान तथा सामूहिक भेटघाट समेटिने अपेक्षा गरिएको छ। सहभागीहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण र उत्साहपूर्ण बनाउने विश्वास तमाङ सोसाइटी अफ अमेरिकाले व्यक्त गरेको छ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस