बिकास पर्खिरहेको लौरेदेउराली र साङास्वती लेक
"यदि पूर्वाधार विकास जस्तै राम्रो सडक, सञ्चार सुविधा, होमस्टे प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिइयो भने यहाँ आर्थिक गतिविधि पुनः जीवित हुन सक्छ।"
काभ्रेको कोशीपारी क्षेत्रमा अवस्थित लौरेदेउराली र साङास्वती लेक एउटा भौगोलिक स्थान मात्र होइन, सम्भावनाले भरिएको तर उपेक्षित भूभागको प्रतिनिधि हो। राजधानी काठमाडौंबाट करिव ७५ किमि तथा सदरमुकाम धुलिखेलबाट ५५ किमि मात्र टाढा रहेको,२३५० मिटर उचाइ रहेको यो क्षेत्र कोशीपारीकै सबैभन्दा अग्लो स्थान मानिन्छ।
‘साङास्वती’र लौरेददेउराली शब्द तामाङ भाषाबाट आएको हो, जसले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई अझ गहिरो बनाउँछ। तर विडम्बना, यति महत्वपूर्ण ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहर बोकेको ठाउँ आज पनि विकासको पर्खाइमा छ।
साङास्वती लेक पुरानो हुलाकी मार्गमा पर्छ। यो मार्ग कुनै समय व्यापार, आवतजावत र प्रशासनिक गतिविधिको प्रमुख केन्द्र थियो। लौरेदेउराली जस्तो पुरानो बजार यसको साक्षी हो, जहाँ आज पनि प्रशासनिक संरचनाका अवशेषहरू भेटिन्छन्। ती भग्नावशेषहरूले एक समय यहाँको चहलपहल र महत्त्वको कथा सुनाउँछन्। प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पा र एडमण्ड हिलारी यहिबाटो हिडेका थिए। तर समयको प्रवाहसँगै ती सबै स्मृतिमा सीमित हुँदै गएका छन्।
२०५४र५५ सालतिर जब कोशीपारी क्षेत्रमा बुल डोजर बज्यो, ग्रामीण सडक पुग्न थाल्यो, साङास्वती हुँदै लौरेदेउरालीसम्म सडक विस्तार भएको थियो। त्यो समय यो क्षेत्र विकासको मूलधारमा जोडिने आशा गरिएको थियो। तर पछि खुलेका अन्य सडकहरू मुल सडक बन्दै अधिकांश कालोपत्रे हुँदै अघि बढ्दा साङास्वती लौरेदेउरालीको सडक भने उस्तै रह्यो। स्तरोन्नति हुन सकेन, पूर्वाधार विस्तार भएन। यही कारणले गर्दा यहाँको विकास प्रक्रिया रोकिए जस्तै भयो।
यसको प्रत्यक्ष असर यहाँको जनजीवनमा देखिन्छ। वरिपरिका खस–क्षेत्री बस्तीहरू पात्ले, डाँडाखर्क, जरङ्गे, साङास्वती,सुर्के,सिउरानी लगभग खाली भइसकेका छन्। केही छिटफुट परिवार बाहेक गाउँहरू सुनसान छन्। विद्यालयहरू विद्यार्थी अभावका कारण अन्य विद्यालयसँग मर्ज भइसकेका छन्। घरहरू खण्डहरमा परिणत भएका छन्, र भौतिक संरचनाहरू काँडाघारीले ढाकिएका छन्। यो दृश्य भौतिक पतनको मात्र होइन, सामाजिक विघटनको पनि संकेत हो।
तर यहाँका पुरानो बासिन्दा तामाङ समुदाय भने छिटफुट बाहेक हलचल छैन साङास्वतिको भिडो यीनैले थामेका छन्। बिहानै एक डबका जाँड पिएर बन चर्ने काम यीनैले गर्छन्।भुमि पुजा यिनैले गर्छन्।
तर प्रकृतिले भने साङास्वतीलाई अझै छाडेको छैन। वसन्त ऋतुमा यो क्षेत्र अद्भुत रूपमा जीवन्त देखिन्छ। जंगल भरि काफल र असेलु पाकेका हुन्छन्, चुत्रो पाक्ने तयारीमा हुन्छ। हरियालीले ढाकिएको डाँडाकाँडा, शीतल हावा र शान्त वातावरणले जो कोहीलाई आकर्षित गर्छ। तर यस सुन्दरता भित्र पनि एक प्रकारको सुनसानपन छ। चराहरुको चिरिबिरी आवाज र जंगली जनवारको गर्जन नै यहाँको संचार हो। जहाँ मानिस भन्दा बढी बन कुखुरा र कालिज,बँदेल,मृगका बथान देखिन्छन्। दिनमै मानिस हिँड्न डराउने अवस्था बनेको छ, जुन विगतको व्यस्त जीवन शैलीसँग ठ्याक्कै विपरीत छ।
यद्यपि, साङास्वती लेक विगतको स्मृति मात्र होइन, भविष्यको सम्भावना पनि हो। यहाँको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र धार्मिक महत्त्वलाई सही ढंगले प्रवर्द्धन गर्न सकियो भने यो क्षेत्र आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ। काठमाडौं नजिकै भएर पनि अझै अपरिचित रहेको यो स्थानले पर्यटकहरूलाई शान्त, स्वच्छ र मौलिक अनुभव दिन सक्छ।
यदि पूर्वाधार विकास जस्तै राम्रो सडक, सञ्चार सुविधा, होमस्टे प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिइयो भने यहाँ आर्थिक गतिविधि पुनः जीवित हुन सक्छ। स्थानीय बासिन्दाले रोजगारी र आम्दानीको अवसर पाउनेछन्, जसले बसाइँसराइ रोक्न मद्दत पुर्याउनेछ। उदाहरणका लागि, मानिसहरू टाढाको बन्दीपुर,हेलम्बु,त्रिशूली पुगेर पर्व मनाउनुको सट्टा नजिकैको साङास्वती र लौरेदेउराली रोज्न सक्छन्।
यसरी हेर्दा, लौरेदेउराली र साङास्वती लेक विकासको तिब्र पर्खाइमा बसेको स्थान हो, सही योजना र लगानीको अबसरको प्रतीक्षा गरिरहेको ऐतिहासिक भुगोल हो। राज्यको ध्यान, स्थानीय सरकारको पहल र दीर्घकालीन दृष्टिकोणले यस क्षेत्रलाई पुनर्जीवित गर्न सक्छ। नत्र भने, यो सुन्दर भूभाग इतिहासका पानामा मात्र सीमित भएर जाने खतरा छ।
अन्ततः, लौरेदेउराली र साङास्वती लेकले हामीलाई एउटा प्रश्न सोधिरहेको छ, के हामी अझै पनि विकासलाई समयमै पुर्याउन सक्छौं, वा फेरि एकपटक अवसर गुमाउनेछौं ?
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस