रोशी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा
१६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिका राष्ट्रिय खोपको पहुँचमा
रोशी । रोशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बिहीबार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा गाउँपालिका भित्रका १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार १५ महिनासम्म पाउनुपर्ने सबै खोप पूर्ण रूपमा प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । यसअघि वडा तहमा समेत घोषणा कार्यक्रम सम्पन्न भइसकेको थियो ।
गाउँपालिका अध्यक्षको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तामाङले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि दिइने खोप सेवामा गुणस्तर कायम राख्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे । उनले निरन्तर सञ्चालन हुने खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सक्रियता कायम राख्न अनुरोध गरे ।
कार्यक्रममा अध्यक्ष लामाले बालबालिकालाई नियमित खोप सुनिश्चित गर्न खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले गाउँपालिकाबासीलाई बधाई ज्ञापन गर्दै पूर्ण खोप सुनिश्चितताका लागि योगदान दिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद व्यक्त गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रतिनिधि अर्जुन खड्काले नेपालमा सुरुमा दुई रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएकोमा हाल १४ वटा रोगविरुद्ध खोप लगाइँदै आएको जानकारी दिए । उनले अझै पनि नेपालमा करिब ४ प्रतिशत बालबालिका खोपको पहुँच बाहिर रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १२ का वडाध्यक्षवसन्त कुमार तामाङले स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितताका लागि योगदान पुर्याउने स्वास्थ्य चौकीहरूलाई सम्मान समेत गरिएको थियो ।
स्वास्थ्यकर्मीले लीलामणि हायुले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य, गाउँपालिकाका शाखा प्रमुखहरू र स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस