गाउँपालिकालाई जग्गा दिने, उत्कृष्ट मेलमिलाप केन्द्र र शिक्षकहरू सम्मानित
रोशी । रोशी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा दिने जग्गादाता, उत्कृष्ट मेलमिलाप केन्द्र र शैक्षिक क्षेत्रमा योगदान दिने शिक्षकहरूलाई सम्मान गरेका छन् ।
मंगलवार गाउँपालिकामा आयोजित कार्यक्रममा रोशी गाउँपालिका वडा नं ७, चिप्ले निवासी दीर्घसिं तामाङका नाति शंखसिंका छोरा ईन्द्र सिं, बुद्धिसिद्धी, मोहन सिं तामाङ, सोही वडा निवासी चाम्पसिंका नाति दीर्घसिंका छोरा स्व.च्याङ्वा लामा, स्व.चन्द्र सिं लामा, दीर्घसिंका नाति चन्द्र सिंका छोरा बम बहादुर लामा,धनबहादुर लामा र सोही वडाको कामीडाँडा निवासी सार्कीमानका छोरा चतुरमान लामा र माइला लामालाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा र प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले उनीहरूलाई सम्मान गरेका थिए ।
चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा नं ४, ६ र ९ का मेलमिलाप केन्द्रलाई सम्मान गरिएको थियो । रोशीमा १२ वडामा केन्द्र रहेका मध्ये यी तीन वडाका मेलमिलाप केन्द्रले गाउँ समाजको झगडा मेलमिलाप केन्द्रले मिलापत्र गरेको भन्दै सम्मान गरेका हुन ।

सोही कार्यक्रममा गाउँपालिकामा लामो समय कार्यरत रही अवकाश पाएका र अन्यत्र सरुवा भएका शिक्षकलाई बिदाई, तह वृद्धि र नयाँ नियुक्त शिक्षकलाई स्वागत सहित बधाई ज्ञापन गरिएका थिए ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस