काभ्रेमा कांग्रेसको नयाँ क्रियाशील सदस्य वितरण अभियान सुरु, पालिका प्रतिनिधि खटाइए
काभ्रे । नेपाली कांग्रेस काभ्रेले नयाँ क्रियाशील सदस्य वितरण अभियान सुरु गरेको छ। अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्लाका १३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ।
बिहीबार नेपाली कांग्रेस काभ्रेको आयोजनामा सम्पन्न नयाँ क्रियाशील सदस्य वितरण अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा पालिका–स्तरमा प्रतिनिधिहरूको जिम्मेवारी निर्धारण गरिएको हो।
तोकिएका प्रतिनिधिअनुसार तेमाल गाउँपालिकामा जिल्ला प्रवक्ता सन्तमान तामाङ, बनेपा नगरपालिकामा जिल्ला सहसचिव समिर व्यञ्जु, रोशी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि इश्वरी ओझा, मण्डनदेउपुर नगरपालिकामा जिल्ला कोषाध्यक्ष जगनाथ गिरी, पनौती नगरपालिकामा महाधिवेशन प्रतिनिधि शान्ति लामा, पाँचखाल नगरपालिकामा जिल्ला सदस्य रामहरी सापकोटा, चौरिदेउराली गाउँपालिकामा अग्रज नेता अच्युतप्रसाद पौडेल, नमोबुद्ध नगरपालिकामा जिल्ला सहसचिव रविन्द्र सिग्देल, महाभारत गाउँपालिकामा जिल्ला सचिव गुणराज मुक्तान, खानीखोला गाउँपालिकामा जिल्ला सचिव माधव ढकाल, भुम्लु गाउँपालिकामा जिल्ला नेता सुन्दरमणि आचार्य, धुलिखेल नगरपालिकामा जिल्ला सदस्य रामराज जोशी तथा बेथानचोक गाउँपालिकामा महाधिवेशन प्रतिनिधि मिरा नेपालीलाई जिम्मेवारी प्रदान गरिएको छ।
अभिमुखीकरण कार्यक्रममा तोकिएका प्रतिनिधिहरूले सम्बन्धित पालिकाका सभापति, वडा सभापति तथा स्थानीय नेतृत्वसँग समन्वय गरी विशेषगरी नवयुवालाई नेपाली कांग्रेसको क्रियाशील सदस्यमा आबद्ध गराउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिइएको जनाइएको छ।
पार्टीले नयाँ पुस्तालाई संगठनमा आकर्षित गर्दै संगठन विस्तार र सुदृढीकरण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरेको जनाएको छ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस