विपी स्मृति दिवसमा काभ्रे काङ्ग्रेसको जरा अभियान समापन
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको आयोजनामा ४४औँ विपी स्मृति दिवसको अवसरमा ‘जरा अभियान’ समापन भएको छ । केही महिना अघिदेखि नेपाली कांग्रेसलाई समयानुकूल र थप सुदृढ बनाउन जरा अभियान सञ्चालन गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि शिव सुनारले काभ्रेपलाञ्चोक नेपाली कांग्रेसको बलियो आधार रहेको जिल्ला भएको उल्लेख गर्दै होल्डमा रहेका सदस्यहरूको विवरण सच्याएर अध्यावधिक गरिने बताए। उनले विभिन्न कारणले सदस्यता अध्यावधिक गर्न छुटेका नेता–कार्यकर्तालाई तत्काल अध्यावधिक गर्न आग्रह गरे। उनले नयाँ प्रविधिसँग जोडिँदै संगठनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए। अभियानको क्रममा पाएको समस्या र प्रगतिको बारेमा प्रतिवेदन तयार गरेर केन्द्रमा बुझाउने जानकारी दिए ।
पार्टिका जिल्ला सभापति तिर्थ लामाले विपी कोइरालाको विचारमा गोलबद्ध भएर अघि बढ्नु आजको आवश्यकता रहेको बताए। नेपाली जनताको पक्षमा दृढतापूर्वक उभिने पार्टी नेपाली कांग्रेस मात्रै भएको उल्लेख गर्दै उनले समयसापेक्ष संगठन निर्माणका लागि सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिएको र अभियानमा सहयोग गर्ने सबै नेता कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गरे ।
जिल्लाका अग्रज नेता इन्द्रमणि अधिकारीले विपी कोइरालासँग करिब २० वर्षको सहकार्यको स्मरण गर्दै विपीलाई देशकै धरोहर, असाधारण प्रतिभाका धनी र समुद्रजस्तै विशाल व्यक्तित्व भएको बताए।
अग्रज नेता अच्युत प्रसाद पौडेलले काभ्रेका कांग्रेस नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै केही व्यक्तिले सदस्यता अध्यावधिक नगर्न भ्रम फैलाइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न अनुरोध गरे। उनले संगठनको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गरे।
नेपाली काङ्ग्रेस काभ्रेपलान्चोकका सचिव माधव ढकालले जिल्लामा ११ हजार ९ सय ९८ जना भन्दा बढीले काङ्ग्रेसको सदस्यता अध्यावधिक गरेको जानकारी दिए । जसमा काभ्रेपलान्चोक क्षेत्र नम्बर १ मा ५२ प्रतिशत भन्दा बढी र २ मा ५ हजार ६ सय १५ जना भन्दा बढीले अध्यावधिक गरेको ढकालले बताए । प्राविधिक कारण केही सदस्य अध्यावधिक गर्न छुटेको र पेन्डिङमा रहेको उनको भनाई छ ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नं. १ का सभापति दिनेश लामाले आफ्नो क्षेत्रमा ५२ प्रतिशतभन्दा बढी सदस्यता अध्यावधिक भएको जानकारी दिए। उनले बाढीपहिरोजस्ता कठिन परिस्थितिमा पनि कांग्रेस टिकिरहेकाले आगामी दिनमा अझ सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरे। विपी कोइरालाको “नेपाल गाउँमा छ, गाउँको विकासबिना देशको विकास सम्भव छैन” भन्ने विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै कांग्रेस गाउँमै आधारित रहेर पुनः मजबुत बन्ने बताए।
नेपाल महिला संघकी केन्द्रीय प्रतिनिधि विनिता अधिकारीले विपी कोइरालाको विचारलाई व्यवहारमा उतार्न सके त्यसै नै उहाँप्रति सच्चा सम्मान हुने बताइन्। महिलाहरू सक्रिय रूपमा संगठन निर्माणमा लागे कांग्रेस अझ प्रभावकारी बन्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल दलित संघका केन्द्रीय प्रतिनिधि जीवन मग्राती तथा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष अञ्जनराज खतिवडाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तानले सञ्चालन गरेको कार्यक्रममा विपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र संगठन सुदृढीकरणमा जोड दिँदै ‘जरा अभियान’ सफलतापूर्वक सम्पन्न भएको बताए ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस