कच्चापदार्थको अभावमा काभ्रेका नेपाली कागज उद्योग
काभ्रे। काभ्रे जिल्लाको पनौती नगरपालिका-१० खोपासीमा सञ्चालित फ्रेण्डसिप पेपर उद्योग संकटमा परेको छ । उद्योग कच्चापदार्थको अभावमा संकटमा परेको हो ।
आवश्यक परेको बेलामा कच्चापदार्थ लोक्ता र अर्गेलीको अभाव, उत्पादन भएको कागज बिक्रीका लागि बजारको अभावका साथै आर्थिक व्यवस्थापनका लागि बैंकले ऋण नदिँदा उद्योग संकट उत्पन्न भइरहेको सञ्चालकले जनाएका छन् ।
उद्योगका सञ्चालक चतुरमान शाक्यका अनुसार कच्चापदार्थको माग अनुसार आपूर्ति नहुँदा भनेजस्तो उत्पादन गर्न समस्या भइरहेको बताए । उत्पादित कागजको सहज रुपमा बिक्री नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।
उद्योगमा लोक्ता र अर्गेली पेल्नका लागि तयार गर्ने काममा व्यस्त मनिता कार्कीले नेपाली कागज उद्योगमा वर्षौँदेखि काम गर्दै आएको बताए । उद्योग सिजन अनुसार जसोतसो सञ्चालन हुँदै आएको उनको भनाइ छ ।
उद्योगमा कार्यरत सबै मजदुर आएमा दैनिक ५ र ६ कोरी उत्पदान हुने उनले जानकारी दिए ।
उद्योगमा कार्यरत अर्का मजदुर सवला गुरागाईंले कात्तिकदेखि वैशाखसम्म मात्रै काम हुने भन्दै आफ्नै टोलमा उद्योग भएकाले काम भने सहजै पाउने गरेको बताए। उनले विसं २०६२ देखि यहाँ काम गर्दै आएको बताए । उनिहरु जस्तै उक्त उद्योगमा दैनिक १४ जनाले कागज उत्पादनमा काम गरिरहेका छन् । आवश्यक परेको बेलामा कच्चापदार्थको आपूर्ति नहुँदा उत्पादनमा समस्या हुने गरेको उनको भनाइ छ । ठूलो ड्रममा उसिनेर कच्चापदार्थ पेल्नेबाहेक सबै काम मजदुरले गर्ने गरेका छन् ।
विसं २०५८ मा दुई जनाले दर्ता गरेर सञ्चालन गरेको ‘फ्रेण्डसिप पेपर उद्योग’ अहिले पनि जसोतसो सञ्चालन भइरहेको उद्योगका सञ्चालक शाक्यले बताए । अहिले आवश्यक कच्चापदार्थ तथा बजारको अभाव, बिक्री गरेपनि समयमा पैसा नपाउनेलगायत समस्याले उद्योग सङ्कटमा पर्न थालेको उनको भनाइ छ । अहिले दुई जनाले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिए । उनका अनुसार उद्योगबाट २० ग्राम र ८० ग्रामका कागज उत्पादन हुँदै आएको छ ।
उत्पादित २० ग्रामको प्रतिकागज रु २० र ८० ग्रामको रु ७० मा बिक्री हुने गरेको सत्तचालक शाक्यले जानकारी दिए । उत्पादन गरेअनुसार बजारमा सामान बिक्री नहुँदा करिब ५ र ६ लाखको सामान गोदाममा थन्किएको उनको भनाइ छ ।
“कच्चापदार्थ आवश्यकता अनुसार नपाउने, पहिला नै भुक्तानी गरेर माग गर्नुपर्ने, आफूले भनेजस्तो नपाउने, बजार अभावलगायत कारणले उद्योग सङ्कटमा पर्दै गएको छ”, सञ्चालक शाक्यले भने । राज्यले आवश्यक कच्चापदार्थ, उत्पादन भएको वस्तुको सहज बजारीकरण र लगानीको पर्याप्त वातावरण बनाइदिएको अवस्थामा उद्योगको अस्तित्व बचाउन सकिने उनको भनाइ छ ।
उद्योगलाई निरन्तरता दिन बजारको सुनिश्चितता मुख्य आधार भएकाले त्यसको व्यवस्थापन राज्यले गरेमा भएका उद्योगलाई बचाउन र थप रोजगारीका अवसर सिर्जना गर्न सकिने शाक्यले बताए ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस