काभ्रेको बेथानचोक-५ स्थित आत्मा विकास र भीमसेनेश्वर माविका विद्यार्थीलाई जर्सी वितरण

काभ्रे । काभ्रेको बेथानचोक-५ च्याल्टीस्थित आत्मा विकास माविका विद्यार्थीलाई जर्सी वितरण गरेको छ । 
बेथानचोक गाउँपालिका कार्यालयद्धारा आयोजित राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीलाई जर्सी वितरण गरीएको हो  । बेथानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लाई लक्षित गर्दै  वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाईबाको  समन्वयमा  युवा व्यवसाय हाल बनेपा निवासी श्री राजिव रसाईली, युवा व्यवसायी बुद्धविर वाईवा ,अर्जुन वि.क र बुढामहाँकाल कृषि फर्मको सञ्चालक यूवा व्यवसायी शेर बहादुर खत्रीको आर्थिक सहयोगमा विद्यालयलाई ३० सेट जर्सी र शिक्षक/ कर्मचारीको लागि १० सेट जर्सी उपलब्ध गराएको हो । यसै गरी सोही वडाका
भीमसेनेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई जर्सी वितरण गरेको छ । फाल्गुन १,२ र ३ गते बेथानचोक गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ लाई लक्षित गरी बेथानचोक -५ वडाध्यक्ष श्री राजकुमार वाइबा ज्यूको समन्वयमा श्री आर. एण्ड. भी. क्वारजाइट प्रा.लि.का संचालक बेथानचोक-५ खाल्डे निवासी भिम बल लगाएत अन्य सहयोगी साथीहरूको संयुक्त सहयोगमा छात्र भलिबलका लागि १० सेट जर्सी, छात्रा भलिबलका लागि १० सेट जर्सी र एथ्लेटिकसमा सहभागी विद्यार्थीका लागि १० सेट जर्सी गरी कुल ३० सेट जर्सी उपलब्ध वितरण गरिएको हो ।
वडा अध्यक्ष वाइबाले खेलाडीको हौसला र प्रेणाका लागि जर्सी वितरण गरेको बताए ।

वितरण गरीएको जर्सीले प्रतियोगितामा विद्यार्थीहरुलाई सहज हुने बताएका छन । जर्सी पाएपछि खेलाडीहरु उत्साहीत भएका छन ।

वितरण गरीएको जर्सीले प्रतियोगितामा विद्यार्थीहरुलाई सहज हुने बताएका छन । जर्सी पाएपछि खेलाडीहरु उत्साहीत भएका छन ।

प्रतिकृया दिनुहोस