राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काभ्रेले गरे विविध कार्यक्रम
बनेपा । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा विविध कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा सहकारी मैत्री फूटसल प्रतियोगिता, रक्तदान कार्यक्रम र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष अमन पोटेको अध्यक्षतामा तथा बनेपा नगरपालिकाका नगरप्रमुख शन्तिरत्न शाक्यको प्रमुख आतिथ्य र उपप्रमुख विमला सापकोटाको बिशेष आतिथ्यतामा सहकारी दिवस कार्यक्रम सम्पन्न छ । सो कार्यक्रममा प्रमुख अतिथी शाक्यले सहकारीको बेथितिलाई हटाएर चुस्त दुरुस्त राख्नु पर्ने धारणा राखे । ऋण लिने र दिने दुबैलाई अफ्ठेरो नहुने गरि सहकारी सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

सहकारीको नियममा रहेर सहि तरिकाले सञ्चालन गर्नुपर्ने बनेपा नगरपालिकाका उपप्रमुख सापकोटाले बताईन ।
राष्ट्रिय सहकारीको ६९ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष पोटेले बताए । आफ्नो कार्यकालमा सुरु गरेको काम अहिलेको कार्यसमितिले पनि निरन्तर्ता दिदै आएकोमा संघका पूर्व अध्यक्ष दिलिप शर्माले धन्यवाद व्यक्त गरे ।

काभ्रे उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बैदारले सहकारीको नारालाई सार्थकता दिने गरि काम गर्न शुभकामना व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले पारदर्शितालाई जोड दिएर सहकारी सञ्चालन गर्न अनुरोध गरे ।
केही दिन अगाडी सम्पन्न भएको सहकारी मैत्री फूटसल प्रतियोगितामा विजयी हुने टिमलाइ नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरेका थिए । १३ टिम सहभागी प्रतियोगितामा पाँचखालको स्वइच्छा बचत तथा ऋण सहकारी संस्था प्रथम, पनौतीको इन्द्रेस्वर बचत तथा ऋण सहकारी संस्था दोस्रो र बनेपाको एक्स्प्रेस बचत तथा ऋण सहकारी संस्था तेस्रो भएका थियो ।
जिल्ला सहकारी संघको प्राङ्गणमा भएको कार्यक्रममा रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत भएको थियो । सो कार्यक्रममा १५ जना भन्दा बढीले रक्तदान गरेका थिए ।
सोही कार्यक्रममा सहकारी संघले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन पनि गरेका थिए ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस