बाढीको जोखिममा रहेका रोशीका १४५ व्यवसाय अब बीमाको सुरक्षा घेरामा
रोशी । भित्र सञ्चालनमा रहेका १ सय ४५ उद्योग तथा व्यवसायको बीमा गरिने भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा रोशी उद्योग वाणिज्य संघको समन्वयमा व्यवसाय बीमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

संघका अध्यक्ष गणजित वल (मनिष)का अनुसार प्रतिव्यवसाय ५ लाख रुपैयाँ बराबरको बीमा गर्ने तयारी गरिएको छ । बीमा शुल्कको ९५ प्रतिशत रकम गाउँपालिकाले व्यहोर्नेछ भने बाँकी ५ प्रतिशत व्यवसायी स्वयंले तिर्नुपर्नेछ ।

अध्यक्ष वलले बाढी प्रभावित क्षेत्र रोशीमा बीमाले उद्योगी तथा व्यवसायीलाई सुरक्षा दिने विश्वास व्यक्त गर्दै व्यवसायीको संरक्षणका लागि गाउँपालिकाले थालेको पहल प्रशंसनीय भएको बताए ।
बीमा कार्यक्रममा डेरीसम्बन्धी २०, कोल्डस्टोर ३०, होटल ३०, ह्याण्डीक्राफ्ट १०, कृषि ३०, हार्डवेयर १०, मेडिकल तथा क्लिनिक १० र भेटेरीनरीसम्बन्धी ५ उद्योग तथा व्यवसाय समेटिने भएका छन् ।

संघका उपाध्यक्ष कान्छामान लामाका अनुसार डेरी व्यवसायको बीमा शुल्क ३४ हजार १ सय रुपैयाँ रहेकामा व्यवसायीले १ हजार ७ सय ५ रुपैयाँ मात्रै व्यहोर्नुपर्नेछ ।
त्यसैगरी कोल्डस्टोर व्यवसायमा ५१ हजार १ सय ५० रुपैयाँ शुल्कमध्ये १ हजार ७ सय ५ रुपैयाँ, होटल व्यवसायमा ३४ हजार २ सय रुपैयाँ शुल्कमध्ये १ हजार १ सय ४० रुपैयाँ, ह्याण्डीक्राफ्ट व्यवसायमा ११ हजार ४ सय रुपैयाँ शुल्कमध्ये १ हजार १ सय ४० रुपैयाँ व्यवसायीले तिर्नुपर्नेछ ।
कृषि व्यवसायमा ७६ हजार ५ सय ७५ रुपैयाँ शुल्कमध्ये २ हजार ५ सय ५२ रुपैयाँ, हार्डवेयर व्यवसायमा १० हजार ४ सय रुपैयाँ शुल्कमध्ये १ हजार १ सय ४० रुपैयाँ, मेडिकल तथा क्लिनिक व्यवसायमा ११ हजार ४ सय रुपैयाँ शुल्कमध्ये १ हजार १ सय ४० रुपैयाँ र भेटेरीनरी व्यवसायमा ५ हजार ७ सय रुपैयाँ शुल्कमध्ये १ हजार १ सय ४० रुपैयाँ व्यवसायीले व्यहोर्नुपर्ने जानकारी दिइएको छ ।
उद्योग तथा व्यवसायको बीमा सिद्धर्थ प्रीमियम बिमाब्कम्पनी मार्फत गरिनेछ ।
बीमा कार्यक्रमअन्तर्गत संघ र बीमा कम्पनीका प्रतिनिधिले गाउँपालिकाका १२ वटै वडामा पुगेर उद्योग व्यवसाय प्रवर्द्धन तथा बीमा परामर्श कार्यक्रम सञ्चालन गरेका थिए । आवश्यक कागजात संकलनसमेत सम्पन्न भइसकेको संघका उपाध्यक्ष लामाले जनाएको छ ।
व्यवसाय बिमाका कार्यक्रममा जोडिनको लागि स्थानीय तह तथा सरकारी निकायमा दर्ता भएको प्रमाणपत्र तथा प्यानको प्रतिलिपी, आर्थिक बर्ष २०८१/८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र नागरिकता तथा पहिचान खुल्ने प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने छ ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस