डोम घलानको मर्मस्पर्शी रचना ‘आँखाको आसु’ सेलो सार्वजनिक
काठमाडौं–पछिल्लो नेपाली समाजको अवस्था, परदेशी युवाले भोग्दै आएका पिडा, दुख, संघर्षका कथा समेटिएको मर्मस्पर्शी सेलो गीत ‘आँखाको आसु’ दर्शक स्रोतामाझ आएको छ ।
डोम घलानको शव्द रचना, चर्चित गायक तथा संगीतकार विश्व दोङको संगीत र विश्व दोङ र चर्चित गायिका सुमिना लोको सुमधुर आवाजमा तयार भएको गीत(लिरिकल भिडियो) म्हाबर मिडिया युटुब च्यानलमार्फत बिहिबार सार्वजनिक गरिएको हो ।
गाउँघर छाडेर विदेशीएका लाखौं नेपाली युवाको कथा मात्र हैन, गीतमा उर्जाशिल युवा विदेशीदा गाउँ समाजमा परेको गम्भीर असर समेत औंल्याइएको छ । मार्मिक रुपमा गीतमार्फत व्यक्त गरिएका सन्देशले समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास गर्न सकिन्छ ।
गीतका रचनाकार घलानका अनुसार पनि युवा जमातमा महत्वपूर्ण सन्देश प्रवाहका लागि समेत टेवा पुग्ने अपेक्षाले यो गीत दर्शकस्रोतामाझ ल्याईएको हो ।
दिपेश प्रधानको मिक्सिङ रहेको यो गीत रोजिना तामाङ र सुनिल घिसिङको लगानीमा तयार भएको हो ।
स्रोतादर्शकले रुचाउने विश्वास व्यक्त गर्दै घलानले गीत तयार पार्न सघाउने रोजिना तामाङ र सुनिल घिसिङका साथै कालकार सुशिल तामाङ, सज्जन स्याङतान, सुशिला थिङ, अतित ब्लोनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यस अघि फेसन थरी थरीला, जुनार सुन्तला लगायत सिर्जना ल्याइसकेका डोम घलानको यो पछिल्लो गीत रचना हो ।
लिरिकल भिडियोसहित
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस